गौरादह । झापाका एघार जना महिलाहरु एउटै मञ्चमा सम्मानित भएका छन् । सुरज शिक्षा प्रतिष्ठान गौरादहको दिपावली– २०७४ बिशेष सांस्कृतिक कार्यक्रममा जनप्रतिनिधि, अधिकार कर्मी, सहकारी कर्मी, समाज सेवी तथा संघर्ष्शिल महिलाहरु सम्मानित भएका हुन् ।

कार्यक्रममा स्थानीय तहको भर्खरै सम्पन्न निर्बाचनमा प्रदेश नं– १ बाट गाउँपालिका तथा नगरपालिका मध्यबाट प्रमुखमा निर्बा्चित एक मात्र महिला कमल गाउँपालिका प्रमुख मेनुका काफ्ले र गौरादह नगरपालिका उप–प्रमुख गीता भेट्वाल सम्मानित भएका हुन् । त्यसैगरी नेपाल कृषि सहकारी केन्द्रीय संघ सञ्चालक सदस्य मीना ढकाल, जागरुक महिला समुह अध्यक्ष गंगा कार्की, एकल महिला संघ गौरादह अध्यक्ष भिममाया उप्रती, सानाकिसान महिला कृषि सहकारी गौरादह अध्यक्ष तुलसा भुजेल, नेपाल सामुदायिक पुस्तकालय संघ नेपालकी केन्द्रीय सदस्य अम्बिका पौडेल, नेपाल महिला अधिकार मञ्च झापा कोषध्यक्ष इन्दिरा अधिकारी , गौरादह बजार ब्यवस्थापन समिति अध्यक्ष प्रेम कुमारी घिमिरे, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अध्यक्ष चामुण्डा दाहाल र जीवन संघर्षको उदहारणीय महिला धनकुमारी कट्वाल सहित एघार जना महिलहरु सम्मानित भएका हुन् ।

प्रतिष्ठानले ‘अभिभावकहरु संग साँस्कृतिक भेट ’ कार्यक्रमको आयोजना गरी विद्यार्थी, अभिभावक तथा शिक्षकहरुको बिभिन्न साँस्कृतिक प्रस्तुती सहित समाजमा उल्येख्य योगदान पुर्यउने बिभिन्न क्षेत्रका अग्रणी महिलाहरुलाई सम्मान गरेको प्रतिष्ठानका संचालक भोजराज दहालले बताए । कार्यक्रमा सम्मानित हुनेहरुको तर्फबाट मन्तब्य राख्दै गाउँपालिका प्रमुख काफ्लेले यसप्रकारको कार्यक्रम बाट महिलालाई अघि बढ्न थप उर्जा प्रप्तहुने र महिलालाई अझ सक्रिय भएर समाज परिवर्तनमा लाग्न जोड दिइन । महिला अधिकारकर्मी तथा नेकपा एमाले केन्द्र्रीय सदस्य डा. शिबमाया तुम्बहाम्फेको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रम उर्मिला सिंह कार्कीको सभापतित्वममा सम्पन्न भएको थियो ।