दाङ । जिल्लाको दूधरासमा रहेको सोनापुर सिमेन्ट उद्योगमा माटोले पुरिएर दुई मजदुरको मृत्यु भएको छ। मेसिनमा माटो अड्किएपछि हटाउन गएका कञ्चनपुर कृष्णनगर नगरपालिका ९ का २४ वर्षीय अमरसिंह राना र भारत बंगाल राज्य गुरुदवान रामग्रामका सविन हुसेनको मृत्यु भएको हो। माटो हटाउदा सेफ्टी बेल्ट लगाउनुपर्नेमा नलगाउदा उनीहरुको मृत्यु भएको प्रहरीको अनुमान छ। असावधानीका कारण ती दुई मजदुरको ज्यान गएको प्रारम्भिक अनुसन्धानले देखाएको दाङकी प्रहरी प्रमुख एसपी दुर्गा चन्द सिंहले जानकारी दिइन्।