पाल्पा । पाल्पामा लौरोले हानेर एक जनाको हत्या भएको छ। रैनादेवी छहरा गाउँपालिका ( १ सिद्देश्वरका अन्दाजी ४५ वर्षीय दलविर कुमालले सोही ठाउँका ५० वर्षीय केहरसिङ कुमाललाई लौराले हान्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी दिल्लीराज पन्तले जानकारी दिए। जग्गाको विषयलाई लिएर भएको झगडाले उग्ररूप लिएपछि दलवीरले केहरसिङलाई टाउकोमा लौराले प्रहार गरेका थिए। बिहीबार साँझ ६ बजेतिर लौरो प्रहारपछि गम्भीर घाइते भएका उनको राति करिब ११ बजेतिर मृत्यु भएको उसपी पन्तले बताए। हत्याका अभियुक्त दलवीर सहित उनका एक छोरा र एक छोरीलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमपछि आफन्तलाई बुझाइएको छ। स्थानीयका अनुसार बिहीबार दिउँसोदेखि उनीहरूबीच झगडा सुरु भएको थियो।