विराटनगर । एन प्याब्सन मोरङको अध्यक्षमा सुनिलदत्त अधिकारी निर्वाचित भएका छन् । एन प्याब्सनको विशेष अधिवेशनबाट २६ मत ल्याएर अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् । शनिबार साझ सम्पन्न भएको निर्वाचनको मत परिणम अनुसार अधिकारीका निकटतम प्रतिद्धन्द्धी भनिरुद्र चौधरीलाई ३ मतले पछि पार्दै विजयी भएका हुन् । निकटतम प्रतिद्धन्द्धी चौधरीले २३ मात्र मत प्राप्त गरेका छन् । एन प्याब्सनको अन्तिम समयसम्म पनि सहमति हुन नसकेपछि अध्यक्ष र सचिब पदमा निर्वाचन भएको निर्वतमान अध्यक्ष राजन छाराहाङ्गले जानकारी दिए । उनका अनुसार अन्य पदमा भने सर्वसम्मत रुपमा नया“ नेतृत्व चयन भएको बताए । सचिबमा नरायण प्रसाद ढकाल निर्वाचित भएका छन् । उनले फराकिलो मत अन्तरले निर्वाचत भए । ढकालले २३ मत ल्याएर निर्वाचित भए भने उनका निकटतम प्रतिद्धन्द्धी विधानन्द्ध चौधरीले १७ मात्र मत ल्याएका थिए । समितिका उपाध्यक्ष्ँमा जावेद आलम, कोषाध्यक्षमा इन्द्र नारयण साह, सहकोषाध्यक्षमा देव प्रसाद रोय रहेका छन् । समितिको अन्य सदस्यहरुमा कमल खनाल, कृष्ण निरौला, गोविन्द बस्नेत, कुमार लामा, अन्जना कुमारी माझी, दिपक न्यौपानेलगायतल रहेका छन् ।