मंसिर १ गतेबाट देशैभर प्रदर्शन आरम्भ गर्न लागेको फिल्म ‘झ्यानाकुटी’को नयाँ गीत रिलिज भएको छ । ‘भो मलाई चाहिँदैन अर्की’ बोलको गीतमा धर्मेन्द्र सेवानको स्वर सुन्न सकिन्छ भने प्रदीप भारद्वाजको शब्दमा विकास चौधरीले संगीत भरेका छन् । गीतले मार्मिक कथा बोल्छ । श्रीमती बेनिशा हमालले छोडेर गएपछि नायक सौगात मल्लको तड्पाईलाई गीतको भिडियोमा मर्मस्पर्शी शैलीमा देखाइएको छ । नायिका नीशा अधिकारीले पहिलो पटक निर्माण गरेको यो फिल्मलाई सिमोस सुनवारले निर्देशन गरेका हुन् । फिल्म निर्माणमा नीशालाई सिमोसले पनि सहयोग गरेका छन् । ‘झ्यानाकुटी’मा सौगात र बेनिशाका अलावा पुष्कर गुरुङ, सुमि मोक्तान, जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय छ । फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । निर्देशक आफैले सम्पादन गरेको फिल्ममा सनिश सुनवार र विकास चौधरीको संगीत सुन्न सकिन्छ । फिल्मका गीतहरु सनिश सुनवार र प्रदीप भारद्वाजले लेखेका हुन् ।

[embed]https://youtu.be/uftQISYz1Vg[/embed]