लण्डन /मिस्टर बिन, रोवान एट्किन्सन, ६२ वर्षको उमेरमा फेरि पिता बन्ने भएका छन् । कमेडीका लिजेन्ड मानिने बिनकी पार्टनर ३३ वर्षीया लुइस फोर्डले केही हप्तामा पहिलो सन्तानलाई जन्म दिने छिन् ।

रोवानको यसअघि नै पहिलो पत्नी सुनेत्रा शास्त्रीबाट २३ वर्षीय छोरा बेन र २१ वर्षीय छोरी लिली रहेकी छिन् । सन् २०१४ मा सुनेत्रासँग सम्बन्धविच्छेद पछि रोवान र लुइस सम्बन्धमा रहेका छन् ।

दुवै जना सन् २०१२ मा वेस्ट इन्ड कमेडी क्वाटरमाइन टर्ममा काम गर्दा भेटेका थिए ।