८ वर्षसम्म पानीबाराबार रहेको नायिका रेखा थापासँग सबै दुश्मनी भलेर उनले ‘रुद्रप्रिया’मा काम गरे । तर, फिल्मले माखो मर्न नसकेपछि आर्यनअहिले तनाबमा छन । अब आर्यानले आफ्नो करियर बचाउन पनि राम्रो फिल्म गर्नु जरुरत छ । जसकोलागी उनले हिरोईन रोजेका छन साम्राज्ञी । होम प्रोडक्शन हाउस ‘आर्यन सिग्देल इन्टरटेन्मेन्ट’बाट निर्माण हुने फिल्ममा मात्र काम गर्ने बताएका आर्यनले नयाँ प्रोजेक्टमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग जोडी बाँध्ने भएका हुन् । ‘कायरा’ राखिएको फिल्ममा आर्यन र साम्राज्ञीले एकसाथ स्क्रिन शेयर गर्न लागेका हुन् । यो फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गर्दैछन् । लक्ष्मणले यसअघि आर्यनसँग फिल्म ‘धुँवा यो नशा’मा काम गरेका थिए । साम्राज्ञीले ‘कायरा’को कथावस्तु निकै मनपराएकी छिन् ।