सन् २०१७ को शुरुवातदेखि अहिलेसम्म कमेडियन कपिल शर्मा लगातार समाचारहरुमा छाएका छन् । पछिल्ला केही दिनदेखि आफ्नो फिल्म फिरंगीको प्रचारका लागि उनी कयौं टेलिभिजन कार्यक्रमका लागि गइरहेका छन् । यसै सिलसिलामा कपिललाई अक्षय कुमारको कार्यक्रम शो द ग्रेट इण्डियन लाफ्टर च्यालेन्जमा पनि जानु थियो । तर उनी गएनन् । उनी स्वास्थ्यमा आएको समस्याका कारण शोमा नगएको समाचारहरु सार्वजनिक भएका छन् । फिल्म प्रमोशनका लागि लगातार व्यस्त रहेका कपिलको स्वास्थ्य एकपटक फेरि विग्रिएको हो । जसका कारण उनले कपिललाई द ग्रेट इण्डियन लास्फटर च्यालेन्जको सुटिङ क्यान्सिल गर्नु परेको थियो । यस हप्ता प्रसारित भएको सलमान खानको शोमा कपिल आफ्नो फिल्मको प्रमोशनका लागि पुगेका थिए । उनी सोनी टिभीको शो सुपर डान्सर २ को सेटमा पनि आफ्नो फिल्मको प्रमोशनका लागि गएका थिए ।