हरारे/ जिम्बावेको राष्ट्रिय सेनाको नजरबन्दमा रहनुभएका यहाँका राष्ट्रपति रोबर्ट मुगाबेले आफूले पद नत्याग्ने घोषणा गरेकाे छ ।

लामो समय सत्तामा रहेका राष्ट्रपति रोबर्ट मुगाबे गएको बुधबार बिहानदेखि यहाँको सेनाको नियन्त्रणमा रहेको छ । उनले बिहीबार तत्कालै पदबाट राजीनामा दिन अस्वीकार गरेको जानकारी आएको छ ।

यहाँको सेनाले देशको समग्र शासन सत्ता लगभग हातमा लिएको छ । उनलाई भने उत्तराधिकारीको चयन गर्ने सम्बन्धी विवादमा भन्दै उनकै निवासमा नजरबन्दमा राखेको जनाइएको छ ।

हाल सेनाको नजरबन्दमा रहेको उनी जिम्बावेमा लामो समयदेखि शक्तिमा थिए । उनी ९३ बर्षका छन् । त्यसो त उनले आफ्ना दूतहरु र सेनाप्रमुखसँग वार्ता गरेको छ ।

सो विषयमा भने अहिलेसम्म केही पनि खुलाइएको छैन । तर उनले आफूले सत्ता छोड्न अस्वीकार गरेका समाचारहरु भने बिहीबार नै बाहिर आएका छन् ।

जिम्बावेको विपक्षी दलका नेताले भने मुगाबेले तत्कालै राजीनामा दिनु जिम्बावेका जनताको हितमा हुने बताएका छन । सेनाले देशमा नियन्त्रण कायम गरेको छ तर यहाँ राजनीतिक दलका विरोध प्रदर्शन वा कुनै विरोधका कार्यक्रमहरु भएका छैनन् ।

राष्ट्रपति मुगाबेको सूचना स्रोतबाट प्राप्त विवरणहरुमा उनले राजीनामा दिन अस्वीकार गरिरहेको जनाइएको छ तर पनि उहाँ एक हिसाबले शान्तजस्तै छन् । उनले यस सैनिक हस्तक्षेपका बारेमा कुनै पनि प्रतिक्रिया दिएको छैन ।

उनले राजिनामा दिनमा नमानेपछि अब सेनाले के कस्तो रणनीति लिन्छ भन्ने बारेमा भने विभिन्न प्रतिक्रियाहरु आइरहेका छन् ।

उता केही अफ्रिकी मुलुकहरुका विदेशमीन्त्रीहरुको बैठकले भने जिम्बावेको सेनालाई कुनै पनि हालतमा सत्तामा लिएको नियन्त्रण फिर्ता लिन र देशलाई सामान्य अवस्थामा फर्काउन आग्रह गरिरहेका छन् ।