उमेरले ८३ वर्ष पुगेका एकजना व्यक्तिले यस्तो चमत्कार गरेर देखाइदिएकी दुनियाँनै अचम्ममा परेको छ । उनको उमेरका धेरै मानिसहरु निस्क्रिय हुन्छन् । तर उनले यस्तो उपलब्धि हासिल गरेका छन् कि त्यो अद्वितीय छ ।

तर उनको यो उपलब्धि यो बुढेसकालको मिहिनेतबाट मात्र सम्भव भएको होइन । उनले यसका लागि जीवनका ५० वटा वसन्त खर्चिएका छन् । उनको अथक परिश्रमबाटै उनी अहिले उत्तर अमेरिकाकै सबैभन्दा ठूलो परमाणु प्रतिरोधी निजी आश्रयस्थलका मालिक बनेका छन् ।

ब्रुस बिच नामका ती वृद्धले आफ्नो घरको पछाडिरहेको खाली जग्गामा जमिनमुनि एउटा यस्तो बंकर बनाएका छन् जसको नाम ब्चप त्धय राखेका छन् । सन् १९८० मा ४२ वटा स्कुल बसको सहयोगमा यो तयार गरिएको हो । यो बंकरले आणविक हमला झेल्ने क्षमता राख्दछ ।

यस कार्यमा बस किन्नका लागि उनले लाखौँ खर्च गरे । त्यसपछि १० हजार वर्गफिट चौडा सुरुंगमा यी ४२ वटा बसलाई यस्तो तरिकाले एकसाथ जोडेर राखेकी बस नै सुरुङ जस्तो बन्यो । सन् १९८० देखि उनले जमिनमुनि बस हाल्न सुरु गरेका हुन् । अन्ततः ५० वर्षको लगातारको मेहेनतपछि उनले यसलाई एउटा सुरक्षित बंकरको रुप दिन सफल भएका छन् ।

यस बंकरमा सुत्नका लागि साढे ३ सय बेड छन् । साथै खानपिन गर्ने सरसामान तथा मनोरञ्जनका साधन पनि राखिएको छ । उनले यसअघि अबको २ वर्षभित्रमा यो संसारको अन्त्य हुने बताएका थिए । समुद्र निकै डरलाग्दो गरी चल्मलाउनु यसको संकेत भएको उनी बताउँछन् । तर अब संसारको अन्त्य हुने दिन केवल २ हप्तामात्र टाढा रहेको र आफ्नो त्यो भविष्यवाणी नमिलेमा पुनः अर्को तिथि तोक्ने उनले बताए ।

एजेन्सी