धरान/धरान–१७ स्थित सम्यक शिक्षा आधारभूत विद्यालयमा सुगन्ध पुस्तकालय निर्माण भएको छ । library-samyak-dharan नेपाल राउण्ड टेवलका अध्यक्ष जयन्त अग्रवालले पत्नि सुगन्धको नाममा ४ सय थान पुस्तक, ३ थान र्याक र २ थान टेवल प्रदान गर्दै पुस्तकालय निर्माण गरेका हुन् । धरान राउण्ड टेबलका अध्यक्ष चन्द्र अग्रवालले करिव ९० हजार रुपैया बराबरको पुस्तकालयको लागि सामग्री स्कुलका प्रअ सरोज श्रेष्ठलाई प्रदान गरे । यसै अवसरमा स्कुलका १४० विद्यार्थीहरुलाई खाजाबापत विस्कुट पनि वितरण गरिएको थियो ।