धरान/पूर्वाञ्चल सिंगिङ स्टार पाँचौं संस्करणको छैठौ राउण्डबाट टप ४२ छनौट भएका छन् । singing-star-dharan धरानको रत्नाइन होटलमा शनिबार सम्पन्न छैठौं राउण्डमा ६१ जनाबाट ४२ जना सातौं चरणको लागि छनौट भएका हुन् । सातौं चरणको छनौट मंसिर ४ गते हुँदै छ । जसबाट टप २० छनौट हुने कार्यक्रम संयोजक एवम् बगिना कलाकेन्द्रका अध्यक्ष गायक भक्तिराज राईले जानकारी दिए । टप १० पछि भने अन्तिम फाइनलका लागि तयारी गरिने छ । माघको दोस्रो साता हुने फाइनलबाट पाँचौं संस्करण विजेता घोषणा गरिने कार्यक्रम रहेको छ । प्रतियोगितामा पूर्वका १४ जिल्लाबाट गायनको लागि स्पर्धा गरेका थिए । गाउँबेसीमा लुकेर रहेका प्रतिभाहरुलाई स्थान दिने उद्देश्यले पाँचवर्ष यतादेखि गायन प्रतियोगिता गराइदै आएको छ ।