'ईकु'को नामले चर्चित सुलेमान शंकरको प्रस्तुतीमा निर्माण भएको फिल्म ‘फिर्के’को पहिलो गीत सार्वजनिक भएको छ । ‘चट्टै’ बोलको गीतमा रामचन्द्र काफ्ले र अञ्जु पन्तको स्वर छ भने सुबाष भुषालको संगीत तथा लेखु सहयात्रीका शब्द छन् ।

गीतको भिडियोमा सुलेमान शंकर 'ईकु' र नव-नायिका क्रिष्टिना पौडेलले कम्मर मर्काएका छन् । गीतको भिडियोका कोरियोग्राफर कबिराज गहतराज हुन् । पौष १४ गते रिलिज हुने ‘फिर्के’मा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

रवि डंगोल फिल्मका निर्देशक हुन् । छ वटा नेवारी (नेपाल भाषा)का फिल्महरु निर्देशन गरेर तितो सत्य, जिरे खुर्सानी लगायतका टेलिसिरियलमा 'बेमान'को नामले परिचित रविले पहिलो नेपाली भाषाको फिल्म पनि निर्देशन गरेका थिए । यसअघि 'ईकु' र 'ईकु २' फिल्मका निर्माता समेत रहेका कलाकार सुलेमान शंकरले ‘फिर्के’मा ईकु भन्दा फरक भूमिकामा अभिनय गरेका छन् ।

यो फिल्मका निर्माता ओमलाल गुरुङ् र राजेश श्रेष्ठ हुन् । फिल्ममा अभिमन्यू निरबीको लेखन रहेको छ । अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’मा मित्र डि. गुरुङ्को सम्पादन तथा राम कुमार केसीको छायांकन रहेको छ ।

[embed]https://youtu.be/LHZHwoyG7hg[/embed]