तेह्रथुम । तेह्रथुमको जिरिखिम्तीमा शनिवार आयोजीत प्रथम १० किलोमिटर म्याराथुन दौड १८–४४ वर्ष उमेर समुह प्रतियोगिताको उपाधी सशस्त्र प्रहरी वल म्याङलुङ गुल्मका जवान गणेश सिंह ठकुरीले हात पारेका छन । उनले ३२ मिनेट ३९ सकेन्डमा निर्धारीत दुरी पार गरे । उपाधी संगै ठकुरीले नगद २५ हजार, मेडल र प्रमाणपत्र हात पारेका छन् । प्रतियोगितामा आठराई गाउ“पालिका छातेढुंगाका उमेश कन्दङवा दोस्रो भए । कन्दङवाले १५ हजार रुपैया पुरस्कार हात पारे । उनले ३३ मिनेट ७ सेकेन्डमा निर्धारीत दुरी पार गरे । प्रतियोगितामा दमक रन झापाका याङदेन राई तृतिय भए । ३४ मिनेट ३६ सेकेन्डमा निर्धारीत दुरी पार गरेका राईले नगद १० हजार पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको भेट्रान्स् पुरुष तर्फ धरानका निर वहादुर चाम्लीङ ४२ मिनेट ३८ सेकेन्डमा निर्धारीत दुरी पार गरी प्रथम भए । तेह्रथुम जिरीखिम्तीका तुलसी प्रसाद तिम्सीना ४७ मिनेट ५३ सेकेन्ड र जिरिखिम्तीकै डिल्ली प्रसाद निरौला ४८ मिनेट २५ सेकेन्डमा निर्धारीत दुरी पार गरी क्रमश ः दोस्रँे र तेस्रँे भए । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेले क्रमश ः १५, १० र ५ हजार रुपैंया नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरे । जिल्लामा पहिलो पटक आयोजना भएको म्याराथुन दौड प्रतियोगितामा महिला तर्फ पा“चथरका इन्द्रकला नेम्वाङ प्रथम भईन् । ४८ मिनेट ३४ सकेन्डमा नेम्वाङले निर्धारीत दुरी पार गरीन । त्यस्तै प्रतियोगितामा लालीगुरा“स नगरपालिकाका सिता कार्की दोसँे भईन । कार्कीले ४९ मिनेटमा निर्धारीत दुरी पार गरिन । संखुवासभाकी सृजना राई ४९ मिनेट ६ सेकेन्डमा निर्धारीत दुरी पार गरी तृतिय भईन । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेले क्रमश ः १५, १० र ५ हजार रुपैंया नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरे । जिल्ला खेलकुद विकास समितिको आयोजनामा जिल्लामा पहिलो पटक भएको प्रतियोगिताको पुरस्कार म्याङलुङ ८ कोवेक घर भै हाल वेलायती सेनामा कार्यरत तिलविक्रम सम्वाहाम्फेले प्रयोजन गरेका हुन् । जिल्लामा खेल पर्यटनको विकास गर्ने उदेश्यले पहिलो पटक प्रतियोगिता आयोजना गरीएको जिल्ला खेलकुद विकास समिति अध्यक्ष केशव कुमार भटराईले वताए । म्याराधुनमा ३ सय जनाको सहभागिा रहेको आयोजकले जनाएको छ ।