झापा । चुनावी कार्यक्रमको क्रममा झापामा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छोराको निधनको खबर पछि उच्च रक्तचापको समस्या देखा परेको छ । उनी आइतबार बिहानै सिम्रिक एयरको हेलिकप्टर मार्फत् काठमाडौ फर्किन लाग्दा समस्या भएपछि प्राथमिक उपचार गरेर काठमाडौं पठाइएको उपचारमा संलग्न चिकित्सक उमेशकुमार शर्माले जानकारी दिएका छन् । चुनावी कार्यक्रममा सहभागी हुन प्रकाश दाहाल समेत झापा आउने कार्यक्रम रहेको थियो ।