सिमरा । बाराको सिमरामा नेपाली कांग्रेसका उम्मेदवार चढ्ने गाडीमा प्रेसर कुकर बम बिष्फोट भएको छ । बारा क्षेत्र नम्बर ४ (क) का नेपाली कांग्रेसका प्रदेश सभा उम्मेदवार ओमकृष्ण कार्की चढ्ने गाडीमा बिहान बम विस्फोट भएको हो । बम विष्फोटका कारण बा १४ च ६६३३ नम्बरको गाडिमा क्षति पुगेको छ । इलाका प्रहरी कार्यालयका सिमराका प्रहरी निरीक्षक भुवन भट्टले बम विष्फोट गराउनेको पहिचान नभएको र घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।