काठमाडाैं । आइतबार बिहान निधन भएका प्रचण्डपुत्र प्रकाश दाहालले एक हप्ता अगाडि होलबडी चेक अप गराएको खुलासा भएको छ ।

काठमाण्डुको थापाथलीमा रहेको नर्भिक अस्पतालमा होलबडी चेक अप गराएका उनको रक्तचाप र शरीरमा चिनीको मात्रा सामान्य रहेको देखिएको अस्पतालका एक चिकित्सकले बताए ।

दाहालको आइतबार विहान आकस्मिक हृदयघातका कारण घरमै निधन भएको नर्भिक अस्पतालकै डाक्टरहरुले पुष्टी गरेका छन् । विहान ५ बजेर ५० मिनेटमा प्रकाशलाई उनका दुई सहयोगीले अस्पताल ल्याएका थिए । तर, अस्पताल ल्याउनुभन्दा ३ घण्टा अगाडि नै निधन भइसकेको डा जेपी जयसवालले पत्रकारहरुलाई जानकारी दिएका थिए ।

ईसीजी गर्दा मुटुको धड्कन नदेखिएको आकस्मिक हृदयघात भएको डा. जयसवालले बताए । सामान्यतया ह्दयघातउच्च रक्तचाप र मधुमेहको समस्या देखिएको बिरामीलाई बढी हुने भए पनि दाहालमा उच्च रक्तचाप र मधुमेहको समस्या नहुँदा पनि आकस्मिक हृदयघात देखिएको थियो ।