काठमाडौं /अभिनेत्री केकी अधिकारीले निर्माण गरिरहेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को सार्वजनिक मिति तय भएको छ । केकीले सामाजिक संजाल फेसबुक मार्फत चलचित्र १४ बैशाखबाट प्रदर्शनमा आउने जनाएकी छन् । अभिनयको सफलता पछि निर्माणमा पाइला बढाएकी केकीको चलचित्र बाँकेका बिभिन्न जिल्लामा छायाँकन भइरहेको छ । विशाल भण्डारी निर्देशक रहेको चलचित्रमा केकीसँगै, प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने, बुद्धि तामाङ, रविन्द्र झा लगायतका कलाकारहरुको अभिनय रहने छ । ‘जुनकिरी आर्टस्’बाट बन्न लागेको यो चलचित्रमा राजनराज सिवाकोटी, अर्जुन पोखरेल र काली प्रसाद बाँस्कोटाको संगीत रहनेछ । जुनकिरी केकीकै होम प्रोडक्शन हाउस हो । चलचित्र केकीले भद्र बहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाईसँग मिलेर बनाएकी हुन् । शान बस्नेतको कथा, अर्जुन तिवारीको छायाँकन, लोकेश बज्राचार्यको सम्पादन, गम्भिर विष्टको नृत्य रहने चलचित्रले तीन यूवतीको कथा बिषयको रुपमा उठाएको छ ।