धरान/हरेक ‘रियालिटी कार्यक्रम’ हरुले नयाँ प्रतिभाहरुलाई स्थान दिइरहेको छ । [caption id="attachment_61248" align="alignnone" width="1142"] तस्बिरहरुः ब्लाष्ट/भोजराज[/caption] यस्तै रियालिटी कार्यक्रम मध्येको पूर्वाञ्चल सिंगिङ स्टार पाँचौं सस्करणले पनि केही महिना भित्र नयाँ प्रतिभा जन्माउँदै छ । गाउँ–गाउँ, पहाड, कुना कन्दराका प्रतिभाहरु यतिखेर आफ्नो स्वर निखारिरहेका छन् । मोरङ सुन्दरहरैचा–१० का अमित मगर त्यही मध्येका एक हुन् । गायनमा भविश्य खोज्ने मध्येका एक मगर यतिखेर टप–२० मा पर्न सफल छन् । पूर्वाञ्चल डल्फिन स्टार बनिसकेका मगर गायनले ‘दुःख पीडा सबै समेट्ने’ बताउछन् । आधुनिक र पप गीतमा उनको स्वर खुल्छ । उनको लगाव पनि त्यसैमा छ । कक्षा ९ देखि स्टेजमा गाउन थालेका उनले पप गायक धिरज राईको ‘तिमी रुदा’ बोलको गीत गाएको स्मरण गर्छन् । स्कुलमा शिक्षकशिक्षिका र साथीभाइको हौसलाले उनी यतिखेर प्रतियोगितामा छन् । भविश्यमा गायक बन्ने एउटै मात्र लक्ष छ । यही लक्ष मोरङ उर्लाबारी–२ की होमा डाँगीको पनि छ । जव उनले महसुस गर्ने भइन त्यसयतादेखि नै गायनमा छिन् । सबै खाल्का गीतहरु गाउँछिन् । त्यसमा पनि पप, आधुनिक र थोरै सास्त्रीय गीतमा उनको लगाव छ । युवापूस्ता माझ पप र आधुनिकको छुट्टै क्रेज छ । त्यो क्रेज उनमा पनि छ । ‘पप र आधुनिक’ गीतमा आफ्नो स्वर खुल्ने कुरामा उनी विश्वस्त हुँदै भन्छिन्, ‘पप र आधुनिक गीतमा मेरो स्वर खुल्छ ।’ अगाडी थप्दै भन्छिन्, ‘सन्देशमूलक गीत छ भने पप गीत पनि कहिल्यै मर्दैन ।’ शिक्षा संकायमा एमएड दोस्रो वर्षमा अध्ययरत डाँगीले कलेजको कन्सर्टहरुदेखि गायनको बढी अभ्यास हुन थालेको हो । अरुणा लामा, अञ्जु पन्त, संजिवनी उनका मनपर्ने गायिका हुन् । उनीहरुकै गीत बढी गाउँछिन् । पहिलो पटक प्रतियोगितामा प्रवेश गरेका मोरङ मिक्लाजुङ गाउँपालिका–४ का मीलन देवान गायनमा भविश्य देख्छन् । मेहनत गरेपछि लक्षमा पुगिन्छ भन्ने उनलाई लाग्छ । त्यही लक्ष्यले उनलाई टप ४० बाट टप २० मा प्रवेश गरायो । गायक भक्तराज आचार्यको गीतहरु सुन्न मनपराउने नयाँ पुस्ताका देवानलाई पप तर्फ सुगम पोखरेल मन पर्छ । तर, पनि गायक हिमाल सागरसँग उनको स्वर मिल्छ जस्तो लाग्छ रे उनलाई । तर, पनि स्वरमा आफ्नो पन दिनुपर्छ उनलाई यस्तो लाग्छ । उनलाई आफ्नो स्वरमा कमी छ भने एउटै चिजको कमी छ त्यो हो रियाज । ‘मेरो स्वरमा रियाज पुगेको छैन । हाइ नोटमा गाउन गाह्रो छ ।’ उनी भन्छन् । प्रतियोगिताले स्थान दिने हो । तर, स्वर आफूले दिनुपर्ने तर्क उनको छ । त्यसैले सिंगिङ स्टारबाट ‘आउट’ भए पनि संगीतबाट ‘आउट’ नहुने दाबी गर्छन् । सिंगिङ स्टारले चौथो संस्करणसम्म कलाकारहरु जन्माइसकेको छ । ‘युवा प्रतिभा गायन, खोजी हाम्रो अभियान’ यही नारा बोकेर पाँचवर्षदेखि प्रतियोगिता सुरु गरेको आयोजक बगिना कला केन्द्रका अध्यक्ष एवम् कार्यक्रम संयोजक भक्तिराज राईले बताए । ‘लुकेर रहेको प्रतिभा प्रस्फुटन गर्ने हाम्रो उद्देश्य हो ।’ उनी भन्छन्, ‘त्यही भएर १४ वटा जिल्लामै अडिसनका लागि जाने गरेका छौं ।’ यस क्रममा सातौं चरणको अडिसन सम्पन्न गरिसकेको छ । अव मंसिर १८ गते सेमिफाइलनबाट टप १० प्रतियोगीहरु छनौट गरिने उनले बताए । फाइनल माघको दोस्रो साता हुँदै छ ।