काठमाडौं । प्रहरीले ३ किलो सुनसहित काठमाडौंको रत्नपार्कबाट २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंका २४ वर्षीय मोहन महर्जन र २२ वर्षीय आयुष बज्राचार्य रहेका छन्। प्रहरी वृत्त दरवारमार्गका डिएसपी तिलक भारतीका अनुसार शंकाको आधारमा चेकजाँच गर्दा उनीहरुको साथबाट ३ केजी सुन बरामद भएको हो। उनीहरुले सुन काठमाडौंकै सिटी सेन्टरबाट सुन लगेको बताएको डिएसपी भारतीले जानकारी दिए। प्रहरीले उनीहरुलाई दरबारमार्ग प्रहरी वृत्तमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ।