लण्डन/ जीवनको जस्तो सुकै मोडमा पनि सधै साथमा रहिरहने गीत संगीत र प्रकृतिनै हो त्यसैले पनि मानिसहरु हरेक बिधिबाट प्रकृतिको समिपमा रमाऊन खोजि रहन्छन् । प्रकृति प्रेमी पत्रकार रोशन मेवाहाङ्गले आफ्नो गीतहरुमा प्रेमका भावहरुलाई प्रकृतिको सुन्दरताहरुसँग मिठो तुलना गर्दै सिर्जना गरेका हुन् ।

मेवाहाङ्गले रचना गरेका मायाप्रेममा आधारित ‘हिमाल झै माया अग्लिरहोस्,तिम्रो न्यानो अंगालोमा’ बोलको गीतलाई गायिका मेलिना राईले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत संन्जालमा जोडिएका मित्रताहरुलाई मिठो रात्रि सम्बोधन गर्दै सार्वजनिक गरेकी छन्।उनका संन्जालमा रहेका मित्रताहरुले अध्यधिक मन पराएर सकरात्मक टिप्पणी समेत गरेका छन्।

युगल प्रेमिहरुकालागि निशाना गरिएको मायाप्रेमका शव्द रचनालाई पछिल्लो पुस्तामा उदाएर लोकप्रिय बनिरहेकी गायिका मेलिना गायक रेवत राईले युगल स्वर दिएका छन् । एउटा सुन्दर जवानीमा प्रेमि–प्रेमिका विच मायालु शव्दहरुको उपमाले कहिले सातौ जुनि सम्म तिम्रै हुन् पाँउ, कहिले तिम्रो दिलको पोखरीमा जस्ता मिठा मिठा मायालु भावहरु मेवाहाङ्गले प्रस्तुत गीतमा झल्काएका छन् ।

मेवाहाङ्गले मोफसलको पहिलो ठुलो आकारको रंगिन राष्ट्रिय दैनिक ‘ब्लाष्ट टाईम्स’ बाट पत्रकारिता केहि दशक अघि सुरुवात गरेका हुन् । मोरङ्ग,जनसेवा माध्यमिक विद्यालयबाट प्रवेशीका सके लगतै पत्रकारितामा लागेका रोशन भेडेटार,धनकुट्टा, धरान जस्तो मनोहर ठाँउहरुमा संवाददाताको अविभारा लिएर हिड्दा प्रकृति सँग राम्ररी रमाउन जानेका छन् । यसै क्रममा धेरै गीत कविता तथा भावनाहरु सुन्दर डायरीमा सिर्जना गर्दै गए तर देश र समाजमा विदेश जानेहरु प्रति हेरिने दृष्टि उनलाई पनि प्रवासी जीवन विताउँने सपनाले आफ्नो सुन्दर देशलाइ थोरै समयको लागि भएपनि छाड्न बाध्य भए ।

तर उनको मन मष्तिस्कमा हिमाल ,पहाड ,झरना र खोलाको दृश्य परिदृश्यहरु तछाड–मछाड गर्दै घुमिरहे प्रवासमा रहदा गाँउघरको शिरमा सजिएको हिमालको संझनामा जन्म भयो यो गीतको । ‘हिमाल झैँ माया अग्ली रहोस्, साइनो हाम्रो अमर बनिरहोस् । सातौ जुनी सातौ जुनी ,होइन सयौ जुनी।।।।।।।।।।।।।।।।।।’

यस गीतमा गीतकारले सुन्दर पहाड, झरना, खोला आदिलाई प्रयोग गरेर गीतलाइ रसिलो बनाएका छन् भने सरल संगीतले गीत जिबन्त बनेको गायिका मेलिनाको आफ्नो संन्जालमा सकरात्मक टिप्पणी देख्न सकिन्छ ।

झापाली संगीतकार चन्द्र श्रेष्ठ लोक गायनबाट संगीत धरातलमा उदाएका एक आशा लाग्दा संगीतकारले यस गीतलाई संगीत भरेका हुन् भने उदय पौडेलले एरेन्ज गरेका छन् । उक्त म्युजिक भिडियोको छायांङकन लण्डन थेम्स नदिको किनार र मुक्तिनाथको दर्शनले मनोहर बनिरहेका जोमसोमको दृश्य भित्र रहेर नेपाली दर्शक तथा श्रोताहरुलाई गीतको भाव झल्काउने पत्रकार मेवाहाङ्गले बताए ।