सबै मान्छेको बिहे हुनु त समाचारको विषय बन्दैन । तर, जब रोबोटबीच बिहे हुन्छ तब समाचार नबन्ने कुरै भएन । विश्वमा रोबोटबीच पनि बिहे हुन थालेको छ । झण्डै २ वर्ष पहिले नै जापानले रोबोटको बिहे गरेर यो कीर्तिमानी राखेको हो । सन् २०१५ को जून २७ मा पहिलोपटक जापानको टोकियोमा दुई वटा रोबोटबीच बिहे भयो । [caption id="attachment_61286" align="alignnone" width="800"] फायल फाेटाे[/caption] उक्त बिहेका लागि पाहुनाहरुलाई बिहेको कार्ड पनि बाँडिएको थियो । अझ अचम्म त के भने रोबोटको बिहेमा आएका पाहुनाहरुमा मान्छे मात्र होइन रोबोटहरु पनि थिए । बेहुलो रोबोटको नाम फ्राइस र बेहुलीको नाम युक्रिन हो । बिहेपछि रोबोट दम्पतिले केक पनि काटेको थियो । एजेन्सी