काठमाडौं/ सलमान खानको मुख्य भूमिका रहेको फिल्म 'टाइगर जिन्दा हे' को पहिलो गीत रिलिज भएको छ। वर्षकै सर्वाधिक प्रतिक्षित फिल्मको रुपमा हेरिएको उक्त फिल्मको 'स्वाग से स्वागत' बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा विशाल धडलानी र निशा वासिनले स्वर दिएका छन्। भिडियोमा सलमान र कट्रिना कैफ फिचरिङ छन्।

'यशराज फिल्मस्'को व्यानरमा निर्माण भएको फिल्मलाई अलि अब्बास जफरले निर्देशन गरेका छन्। 'एक था टाइगरुको सिक्वेलका रुपमा निर्माण भएको फिल्म 'टाइगर जिन्दा हे' डिसेम्बर २२ बाट प्रदर्शनमा आउँदैछ। यस फिल्म इराकमा भएको भारतीय नर्स अपहरणको सत्य घटनामा आधारित छ। फिल्ममा बन्धक बनेकाहरुलाई रिहाई गरी देश फर्काउन सलमान लागेका हुन्छन्। उनलाई साथ पाकिस्तानी जासुसको भुमिकामा प्रस्तुत भएकी कट्रिनाले साथ दिन्छिन्।

[embed]https://youtu.be/xmU0s2QtaEY[/embed]