[caption id="attachment_61314" align="alignleft" width="285"] कांग्रेस नेता महेश आचार्य[/caption] [caption id="attachment_61313" align="alignleft" width="212"] माओवादीका नेता तथा पूर्व संसद अमनलाल मोदी[/caption]

विराटनगर/ निर्वाचनको मिति नजिकिदै गर्दा मोरङ क्षेत्र नम्बर १ मा सबैको चर्चा र चासो विषय बन्दै गएको छ । यस अघि दुइवटै संविधानसभा निर्वाचन कांग्रेस नेता महेश आचार्यले आफ्नो प्रतिद्धन्द्धीलाई पराजित गरे पनि यस पटक भने निकै प्रतिस्पर्धा देखिन्छ । संविधानसभा र संसदमा खेलेको प्रभाबकारी भूमिका, युवा जोस र जाँगर अनि थारु समुदायको सहानुभूतिसहित बाम गठबन्धनको उम्मेदवार बनेका माओवादीका नेता तथा पूर्व संसद अमनलाल मोदी र आचार्यको कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

चुनावी सरगर्मी ह्वातै बढेपछि मोदी र आचार्यले घरदैलो अभियानलाई तिव्र रुपमा अघि बढाएका छन् । उनीहरुले कोणसभा, बैठक र घरदैलो अभियानमार्फत मतदातालाई आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै आएका छन् ।  मोदीले काँग्रेसका हेविवेट मानिएका उम्मेदवार आचार्यलाई कडा चुनौति दिइरहेका छन् । काँग्रेसका प्रभाबशाली केन्द्रीय सदस्य तथा पटकपटक मन्त्री र सांसद बनेका आचार्यलाई मोदीको चुनौति र विगतमा काम गर्न नसकेको भन्दै मतदाताहरुले व्यक्त गरेको आक्रोशले प्रेसर बढाएको छ । अत्याधिक मात्रामा थारु (चौधरी) समुदायको बसोबास रहेको यो क्षेत्रमा ०५४ सालयता पटक–पटक आचार्यले निर्वाचन जित्दै आएका छन् । तर, क्षेत्रको विकासमा कुनै काम नगरेको भन्दै मत्थर पार्न विगतमा आफुले काम गर्न नसकेको स्वीकार गर्दै माफी माग्दै मतदाताबीच पुगिरहेका छन् । स्पष्टवक्ता, युवासँगको संगत, सर्वसाधरणको पहुँच सजिलै बनाउन मोदी सहज छन् भने आचार्य भिआइपी भएका कारण पनि जनताको पहुँचभन्दा बाहिर छन् ।

ठूला र पुरा नेता भएपनि जनताको समस्या समाधान र विकासको काममा ध्यान नदिएकोले मतदाताले विकल्प खोजेको देखिन्छ । संसदमा रहँदा अरुको तुलनामा अमनलाल मोदीले स्थानीय समस्याबारे पर्याप्त आवाज उठाएको, लोकमानसिंह कार्कीको विरुद्ध, र मधेश आन्दोलनमा भएको नाकाबन्दी तथा सरकारी दमन विरुद्ध सशक्त आवाज संसदमा उठाएको मोदीको भनाइ छ । ‘स्थिरता विकासको पक्षपाती र युवा भएका कारण पनि ममा काम गर्ने इच्छाशक्ति छ, काम गर्न सकिन्छ भन्ने लागेको छ, यो क्षेत्रमा मैले जितेको खण्डमा काम गरेर देखाउँछु’ मोदीले भने । आचार्यले भने आफूले सोचेजति काम गर्न नसकेको भन्दै जनतासमक्ष माफी माग्दै आगामी ५ वर्षमा बाँकी काम गर्ने बताइरहेका छन् । आफु लोकतन्त्रको सुदृढीकरण तथा विकासको लागि उम्मेदवार भएको भन्दै उनले त्यो कुरा जनताले बुझेकोले चुनाब जित्ने दावी गर्छन् ।

विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक काँग्रेसमा बिलय भएपछि आफुलाई चुनाब जित्न सहज भएको आचार्यको भनाई छ । ९९ हजार १ सय २४ मतदाता रहेको क्षेत्रमा करिब २५ हजार थारु समुदायको मत रहेको छ । त्यहि मत तान्न काँग्रेसले प्रदेशसभातर्फ १ मा भक्तिनाथ माझी र बाम गठबन्धनले बिजय विश्वासलाई मैदानमा उतारेको छ । नगर क्षेत्र समेटिएको प्रदेशसभा २ मा भने गठबन्धनले एमालेका केन्द्रीय सदस्य जीवन घिमिरे र काँग्रेसले विश्वनाथ रिजाललाई मैदानमा उतारेको छ ।

गत स्थानीय तहको मतपरिणाम हेर्ने हो भने त्यस क्षेत्रमा वाम गठबन्धनको मत २३ हजार १ सय ५ रहेको छ भने कांग्रेस गठबन्धनको २५ हजार २ सय ७ मत छ । काँग्रेस गठबन्धनको मत करिब २ हजारले अगाडि भएपनि जातीय फ्याक्टर, थपिएका मतदाता र विगतप्रतिको आक्रोशले परिणाम यस्तै आउँछ भनेर अनुमान गर्न सकिने अवस्था छैन । सो क्षेत्रमा कटहरी गाउँपालिका र ग्रामथान गाउँपालिकाका सबै वडासहित बेलबारी नगरपालिकाको ५, ६ र ७ तथा विराटनगर महानगरपालिकाको १, २, ३, ८, १० र १९ नम्बर वडा समेटिएको छ ।

यस्तो छ चुनावी एजेण्डा मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाका उम्मेदवार आचार्यले मुख्य चुावी एजेण्डा विराटनगरलाई प्रादेशिक राजधानी बनाउने राखेका छन् । प्रादेशिक राजधानी अनुकुलको पूर्वाधार निर्माण, प्रादेशिक राजधानी सुहाउँदो सडक सञ्जाल र निर्माणधीन संरचनाको पूर्णतामा ध्यान दिने उनी बताउँछन् । बिराटनगर, इटहरी र बिराटचोकलाई जोडेर वृहत्तर महानगर बनाउने योजना रहेको आचार्यले बताएका छन् ।

त्यसैगरी बैजनाथपुरको रंगशाला निर्माण पाँच वर्षभित्र पूरा गर्ने आचार्यको भनाइ छ । रंगशाला छेउमा सभागृह निर्माण गर्ने, स्कुल कलेजको स्थापना गर्ने अनि १९ नं वडालाई नयाँ बजारको रुपमा विस्तार गर्र्ने आचार्यले सुनाए । विराटनगर विमानस्थलको विकास गर्ने योजना रहेको उनी बताउँछन् । कोशी राजमार्ग निर्माण गर्न पहल गर्दै क्षेत्र नं ४ मा हुने नदी कटान नियन्त्रण गर्ने योजना रहेको आचार्यले सुनाए । ५० बर्षपछिको महानगर परिकल्पना गरेर महानगरको नदी नियन्त्रण गर्ने योजना रहेको उनले आश्वासन दिए ।

त्यस्तै रिङरोड पाँच बर्ष्भित्र पूरा गर्ने र नहरका सडकलाई बैकल्पिक सडकका रुपमा निर्माण गर्दै ग्रिनबेल्ट बनाउने योजना रहेको आचार्यले बताएका छन् । पूर्वाञ्चल विश्व विद्यालयलाई व्यवस्थित गरी गुणस्तर विकास गर्ने आचार्यको योजना छ । बिराटनगरलाई मेडिकल सिटीका रुपमा विकास गर्ने योजना रहेको पनि उनले बताएका छन् । सोही निर्वाचन क्षेत्रमा बाम गठबन्धनबाट प्रतिनिधि सभाको निर्वाचननमा चुनावदी मैदानमा उत्रिएका मोदीले स्थानिय विकाससँगै सुकुम्बासी समस्या समाधान गर्ने एजेण्डा अघि सारेका छन् ।

थारु समुदायका युवा नेता मोदीले क्षेत्र नं ४ भित्र रहेका सुकुम्बासीलाई जनता आवास कार्यक्रमअन्तरगत नमूना घर निर्माण गरिदिने एजेण्डा अघि सारेका छन् । थारु समुदायका युवा नेता मोदीले क्षेत्र नं ४ भित्र रहेका सुकुम्बासीलाई जनता आवास कार्यक्रमअन्तरगत नमूना घर निर्माण गरिदिने एजेण्डा अघि सारेका छन् । मोदीले सडक कालोपत्रे गर्ने, शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारको अवसर सिर्जना गर्ने मुख्य एजेण्डा बनाएका छन् ।

विराटनगरलाई प्रदेशको राजधानी बनाउने, बिराटनगर विमानस्थलको स्तरोन्नति गर्ने उनको योजना छ । क्षेत्र ४ मा रहेका कच्ची सडकलाई पक्की बनाउने र विराटनगर १९ मा रहेको रंगशालालाई अन्तराष्ट्रिय स्तरको बनाउने एजेण्डा मोदीले अघि सारेका छन् । बैदेशिक रोजगारीलाई निरुत्साहित गर्ने, कृषिमा आधुनिकीकरण गर्ने, आदिबासी, थारु लगायतका समुदायको संस्कृतिको संरक्षण गर्दै पर्यटनको विकास गर्ने मोदीको एजेण्डा छ ।

जनताको जीवनस्तर उकास्नुका साथै बिराटनगरको समग्र विकास गर्दै औद्योगिक पर्यटनको विकास गर्ने उनको योजना छ ।