चितवन । जनवादी गायक खुसीराम पाख्रिन भरतपुरको चुनावी सभामा सहभागी हुँदै गर्दा हृदयघात भएको छ । चितवनको भरतपुरमा वाम गठबन्धनले गरेको चुनावी सभामा सहभागी उनीलाई हृदयघात भएको थियो । उनको अहिले नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । उनलाई भेन्टिलेटरमा राखिएको छ र उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । पाख्रिनले चुनावी सभा सुरु हुनु अघि दुई वटा गीतसमेत गाएका थिए ।