धरान/धरान उपमहानगरपालीका का मेयर तारा सुब्बाले धरानको पर्यटन को बिकास र प्रर्बधनका लागि १३ सदस्यि ‘धरान पर्यटन प्रवद्र्धन समिती’ गठन गरेका छन् ।

मेयर सुब्बाको संयोजकत्वमा गठित समितीको सह संयोजकमा किशोर थुलुङ रहेका छन् ।धरान उपमहानगरपालीका नगर कार्यपालीकाको कार्य सम्पादन नियमावली २०७४को नियम २५ बमोजीम नगर प्रमुखले नगर कार्यपालीकाका कार्यहरुलाई ब्यबस्थित बनाउन विभिन्न समितीहरु बनाउन सक्ने ब्यबस्था अनुसार समिती गठन भएको हो ।

समितीको सदस्यहरुमा धरान उपमहानगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सीना,धरान १४ नम्बर वडाका वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, धरान १६ की वडा सदस्य लक्ष्मी लकान्द्रि,धरान १५ की दिर्घ कुमारी मगर रहेका छन् ।

त्यसैगरि कृष्ण साह,एलिना मगर,लेखमणि जिमी,कृष्ण ब्लोन,होटल एसोसिएसन अफ धरानका अध्यक्ष,ट्राभल एसोसिएसन अफ धरान र धरान उपमहानगरपालीकाका सुचना तथा पर्यटन अधिकृत सुनिल नेपाल सदस्य सचिव रहेका छन् ।समितीले धरानको पर्यटन क्षेत्रको विकास र प्रबर्धनका योजना बनाउने तथा सुझाब दिन सक्ने छ ।

समितीका सदस्य सचिव तथा धरान उपमहानगरपालीकाका सुचना अधिकृत सुनील नेपालले समितीले चाँडै बैठक बसि आबश्यक योजना बनाउने जानकारी दिए ।