चितवन/भरतपुरको चुनावी सभामै ढलेका जनवादी गायक खुसीराम पाख्रिनको निधन भएको छ । चितवनको भरतपुरमा वाम गठबन्धनले गरेको चुनावी सभामा सहभागी उनीलाई हृदयघात भएको थियो । उनलाई तत्कालै नारायणी सामुदायिक अस्पतालमा लगिएको थियो । तर, उपचारका क्रममा निधन भएको माओवादी केन्द्रका नेता नारायण दाहालले जानकारी दिए । पाख्रिनले चुनावी सभा सुरु हुनु अघि दुई वटा गीत समेत गाएका थिए ।