इलाम/ नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्ब प्रधानमन्त्री झलनाथ खनालले बाम एकता हुन अव धर्तीको कुनै पनि शक्तिले नछेक्ने दाबी गर्नुभएको छ । खनालले पाटी एकताको कुरालाई लिएर बिपक्षी पाटीहरुले अपबाह फैलाउँदै आएको भन्दै त्यस्ता पाटी चुनाब पछि आफै ठाउँमा आउने बताउनु भएको छ । इलामको माइजोगमाई ६ प्याङमा आज आयोजित चुनावी सभालाई सम्बोदन गर्दै खनालले प्रदेश सभा र प्रतिनिधि सभाको चुनाब पछि संबिधान पूर्ण रुपमा कार्यान्वयनमा आउने बताउनुभएको हो । उहाँले बाम गठबन्धनलाई मिथ्था आरोप लगाउने पाटीहरु अहिले राती सुत्न समेत सक्न छाडेको बताउनुभयो । उहाँले कम्युनिष्ट एकता पछि नेपालको सीमाना एक रती पनि वरपर नहुने र सीमाना बिवाद पनि हल गर्ने आश्वासन दिनुभयो । इलामको प्रतिनिधि सभा क्षेत्र नम्बर १ का प्रत्यक्ष तर्फका उम्मेदवार समेत रहेका खनालले चुनाब जीतेपछि जिल्लाको कृषि क्षेत्रलाई आधुनिकरण तर्फ लैजाने प्रयास गर्ने बताउनुभयो । नेकपा एमाले वडा कमिटीले आयोजना गरेको चुनाबी कार्यक्रममा सोही क्षेत्रको प्रदेश सभाकी उम्मेदवार खिनु लङवा, एमाले उपाध्यक्ष भत्त केसी, माओबादी केन्द्रका केन्द्रीय सदस्य छबिराज राई लगायतले बोल्नुभएको थियो ।