विजयपुर/धरान स्थित विपि प्रतिष्ठानमा रहेकोे रोटर्याक्ट क्लव अफ धरान घोपाले आयोजना गरेको एक महिने बास्केटवल प्रशिक्षण कार्यक्रम मङगलबार सम्पन्न भएको छ ।

क्लवको प्रोफेशनल एभिन्यु कार्यक्रम अनुसार हरेक बर्ष आयोजना हुदै आइरहेकोे व्याक्तित्व तथा नेतृत्व विकास कार्यक्रम अन्र्तगत बास्केटवल प्रशिक्षण दिइएको कार्यक्रम संयोजक सुस्मिता कोइरालाले जानकारी दिइन ।

प्रतिष्ठानका २५ जना विद्यार्थीहरुलाई बास्केटवलका पूर्वाञ्चल प्रशिक्षक तथा सुनसरी बास्केटवल संघका सचिव विकास चाम्लिङ राईले प्रशिक्षण दिएका थिए ।

क्लवले विद्यार्थीको व्यक्तित्व तथा नेतृत्व विकास सम्वन्धि नृत्य, पव्लिक स्पिकिङ्ग, सेल्फ डिफेन्स, प्रपोजल राइटिङ्ग, चित्रकला लगायत विभिन्न विद्यामा प्रशिक्षण संचालन गर्दै आएको छ ।

बास्केवल प्रशिक्षण समापन कार्यक्रममा क्लवका उपाध्यक्ष इडेन काफ्लेले बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राईलाई मायको चिनो प्रदान गरेका थिए ।