धरान/प्रहरीले पञ्चायतीशैलीमा बराह नगरपालिका–३ बांगेबजारका राजकुमार राईलाई सोमबार राति मरणासन्न हुनेगरी कुटपिट गरेको छ । [caption id="attachment_61339" align="alignnone" width="1808"]victim-rajkumar-rai-mahendranagar प्रहरीद्वारा निर्घात कुटिएका पीडित राजकुमार राई । इन्सेटमाः आँखाको भागमा चोट (रातो घेरामा) र तिघ्रामा निलडाम (रातोघेरामा) । तस्बिरः भोजराज [/caption] अस्थायी प्रहरी चौकी बांगेबजारका इन्चार्ज असई इश्वर अधिकारीले राईलाई प्रहरी चौकीमा मरणासन्न हुने गरी कुटपिट गरेका हुन् । कुटपिटबाट उनको शरीरको विभिन्न भागमा निलडाम तथा चोट लागेको छ । चोट लागेका राईको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । यता इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इनिस्पेक्टर अभय जोसीले भने प्रहरीले कुटपिट नगरेको बताए । उनका अनुसार अत्यधिक मापासे सेवन गरेका कारण लडेर चोट तथा निलडाम भएको हो । ‘मेरो स्टाफले केही गरेको छ÷छैन त्यो मैले बुझ्दै छु । कुटेको रैछ भने विभागीय कारबाही हुन्छ । कानुन भन्दा माथि कोही छैन ।’ उनले फोनसम्पर्कमा भने । कुटपिटबाट घाइते राईले आफू बराह–७ बाट मोटरसाइकलमा फर्किदै गर्दा बाटोमा बस बनाउँदै गरेको अवस्थामा सहचालकको कारण आफू लडेपछि सामान्य विवाद हुँदा सहचालकलाई एक झापड हानेपछि प्रहरी आएर आफूलाई धम्क्याउँदै चौकी लगेको बताए । त्यसपछि ‘एमालेको गुण्डा’ भन्दै तीन–चारजना प्रहरीहरुले शरीरमा जथाभावी हिर्काएको बताए । ‘गाडी बनाउँदै रै’छ । त्यो देखिन । खलासीको खुट्टा देखेर झ्याप्पै ब्रेक हान्दाखेरी म लडे । लडेपछि भाइसँग विवाद भयो । खलासी भाइले ठूलो कुरा गरेपछि एक झापड हिर्काको थिए । प्रहरी चौकीदेखि त्यहाँ आइपुग्न (बस भएको ठाउँमा आइपुग्न) दुई मिनेट पनि लाग्दैन । असई साप आउनु भयो । चौकी भित्र लगेर सबैले प्रहार गर्न थालो ।’ उनले भने । पीडित राईले आफूले मादक पदार्थ सेवन नगरेको दाबी गरेका छन् । यता इनिस्पेक्टर जोसीले भने ‘आफूहरुसँग मापासे गरेको मेडिकल रिपोर्ट’ नै रहेको दाबी गरे । उनले भने, ‘मापासे गरेको मेडिकल रिपोर्ट छ ।’ उनका अनुसार बसका चालक, सहचालक दुर्गा दुलाल, सुवास खत्री, गुलाव खानले प्रहरीमा जानकारी दिएपछि नियन्त्रणमा लिइएको थियो । ‘बसको मान्छेलाई कुट्यो । त्यसपछि प्रहरीमा खबर पुग्यो ।प्रहरी पुग्दा अत्यधिक मापासे गरेको पाइएपछि चौकीमा ल्याएर एकघण्टा राखेर महेन्द्रनगर ल्याइएको हो ।’ इनिस्पेक्टर जोसीले भने । पीडित राईले आफूलाई वडा अध्यक्ष रुद्र दाहालले प्रहरीहरुँसग छलफल गरेपछि मात्रै आफूलाई बिहान ८ बजे हाजिर गराउने शर्तमा उपचारको लागि छाडिएकाे बताए । पीडित राईले आफूमाथि कुटपिट गर्नेहरुलाई कारबाही गर्नको लागि माग गरे । उनले प्रहरीले गुण्डालाई जसरी आफूमाथि कुटपिट गरेको आरोपसमेत लगाए ।