धरान । सङ्खुवासभाको चन्दनपुरमा २०१२ सालमा जन्मेर सुनसरीलाई कर्मथलो बनाउदै आएका प्रदिप भण्डारी राजनितिक एवं शैक्षिक क्षेत्रको कुनै नौलो नाम होईन । धरानको शिक्षा सदन माविमा झण्डै ३७ बर्ष पढाएका भण्डारी शैक्षिक नीति शिक्षा प्रणालीलगायत विषयमा समेत उतिकै ज्ञाता छन् । उनी सहायक प्राध्यानाध्यापकको रुपमा सेवा गरेर २ बर्ष अघि मात्र अवकास लिएका प्रखर शिक्षा सेवी हुन । धरान–१३ का स्थायी वासिन्दा भण्डारीको शिक्षा क्षेत्रमा जति योगदान छ त्यो भन्दा बढि राजनितिक क्षेत्रमा पनि उतिकै ज्ञाता छन् । भुमिगत काल २०२७ सालमा विद्यार्थी युनियनमा रहेर उनले राजनिति शुरु गरेका थिए । शिक्षा सेवासँगै उनी राजनितिमा क्रियाशिल भए । ्२०२८ सालमा एसएलसी पछि वासु शाक्यसँगै आन्दोलनमा सरिक हुदा उनी  गिरफतारमा परेका थिए । ८ दिनसम्म धनकुटा कारागारमा उनलाई राखियो । त्यस पछि धरानमा मजदुरी जीवन व्यतित गर्दै आएका थिए । ६२ बर्षे जीवन कालमा उनले मजदुर, आन्दोलन, शैक्षिक आन्दोलनलगायतका धेरै राजनीतिक आन्दोलनका मोर्चामा सामेल भए । लामो कालखण्डदेखिको सकृयताले  उनलाई राजनीतिमा पनि उचाईमा पु¥याएको छ । नेकपा एमाले धरान नगरकमिटिको नेतृत्व गर्दे जिल्ला सचिवालय सदस्यको रुपमा लामो समय पार्टीमा काम गरेका भण्डारी राष्ट्रिय राजनितिमासमेत पहुँच राख्दै आएका छन् । पार्टीमा लामो समयसम्मको योगदानको कदर गर्दे मङ्सिर २१ गतेको आसन्न निर्वाचनमा प्रदेश सभा सदस्यका लागि पार्टीको सर्वसहमतिमा टिकट दिएको छ । हाल उनी सुनसरी क्षेत्र नंं १ (क) बाट प्रदेशसभा सदस्यको रुपमा चुनावी मैदानमा छन् । भण्डारीको उम्मेद्वारी के का लागि ? नेकपा एमालेबाट समृद्ध धरानका लागि तय गरिएका एजेण्डाहरुलाई पुरा गर्नका निम्ति आफ्नो उम्मेद्वारी रहेको उनी बताउछन् । ‘घोषणा पत्रमा लेखिएका, जनताले चाहेका कुरा पुरा गर्नका निम्ति पार्टीले उम्मेदवार बनाएको छ । यो प्रदेशमा सोलुखुम्बु देखि ताप्लेजुङ, पाँचथर, इलाम विकट क्षेत्र पनि छन् । भौगोलिक विविधता अनुसारको बसोबास गर्नेहरु छन् ।’–उनले भने–‘भौगोलिक विविधता अनुसारको योजनाहरु बनाएर सिगो प्रदेशलाई जहाँबाट स्रोत परिचालन गर्दा समृद्धि विकाशको ढोका खोल्न सकिन्छ । त्यो गर्ने बाटो खोल्दै यो प्रदेशलाई विकसित तुल्याउनका निमित्त मेरो योगदान हुने छ ।’ धरान क्षेत्रमा भएको सुकुम्बासीको समस्या समाधान, नदीनाला नियन्त्रण मुखय एजेण्डा भएको उनी बताउछन् । धरानलाई धार्मिक स्थल, शैक्षिक स्थल, पर्यटकीय केन्द्र बनाउनका लागि आवश्यक योजनाहरु तयार गरेर धरालाई सुन्दर शहर बनाउने योजनाहरु रहेको उनले बताए । खानेपानीको समस्यालाई दिर्घकालीन रुपमा समाधान गर्न महत्वपुर्ण भुमिका खेल्नेछौं । यो शहरलाई भुपु लाहुरेहरुको शहर भनेर परिचित छ । विविध सांस्कृतिक विविधतामा रहेको छ । यसलाई मध्यनजर गर्दै अनेकता बिचको एकता कायम गर्न विभिन्न किसिमका धार्मिक सांस्कृतिक क्षेत्रहरुलाई संरक्षण सम्वद्धन गर्दै बहुजातीय संग्रहालयलाई पुरा गर्ने खेलकुदकोशहर बनाउने लक्ष रहेको उनले सुनाए । यहाँ कहिलै डुबान हुँदैन, धरान मौसम, हावानीले राजधानीका लागि उपयुक्त छ । पहाड र तराईको केन्द्रमा रहेकाले प्रदेशको राजधानी बनाउन उपयुक्त छन् । यसका लागि पूर्वाधारहरु पनि छन् । जग्गाहरु प्नि छ । एयरपोर्ट यहाँ अति आवश्यक छ । त्यसका लागि मेरो पहल हुने छ । नेकपा एमाले एजेण्डा भएको पार्टी हो । भिजनसहित मैदानमा उत्रिएकाले आफ्ना एजेण्डाले नै भार िमतले  विजयी हुने उनी बताउछन् । ‘प्रतिस्पर्धालाई म कमजोर ठान्दीन तर पार्टीको विचार, एजेण्डा र  प्रतिबद्धता लिएर अघि बढे पछि जित स्वभाविक हुने छ ।’–भण्डारीले भने –एजेण्डा विना लैलैमा मैदानमा उत्रिएर सकैको जित हुदैन । मतदाताहरुले एजेण्डा र उम्मेद्वारको परिपक्काता हेर्ने छन्, त्यो गुण ममा छ ।’ भण्डारी धरानमा गुरुका रुपमा परिचित छन् । देश विदेशमा उनका शिष्यहरु छन् । ३७ बर्षे शिक्षक जीवनमा उनले अनगिन्ती डाक्टर, प्राध्यापक, वकिल, इन्जिनीयर, शिक्षक उत्पादन गरेका छन् । अवको वाँकी बााँकी जीवनमा अनगिन्ती राजनीतिक योद्धा उत्पादन गर्ने उनको धोको छ । जनताको प्रतिनिधि भएर अभिभावकको सामिप्यतामा उद्योगी व्यापारीको हितमा काम गर्ने, सुकुम्बासी समस्या समाधान गर्न उनको लक्ष्य रहेको छ । पार्टीको योजना जोगबनी देखि किमाथाङका जोड्ने सडक बनाउने पहल पार्टीले पहल गरेको छ । धरानको बिच भागबाट सडक जाने भय छ धराने जनतालाइ। यसका लागि बाईपास सडकको योजना एमालेले नै अघि सारकेको हो । सेउती कोरिडोर बनाउने र त्यहाँ भएका सुकुम्बासीहरुलाई उचित स्थानमा व्यवस्थापन गरे जाने छ । धरान चतरा सडकको पनि वैकल्पिक सडकबाटै लानुपर्छ भन्ने पार्टीको धारणा रहको छ । छ । चारकोशे जंगलबाट बाईपास सडक बनाउनु पर्छ । जनतालाई मार मा पार्ने काम हुँदैन् । कुनै पनि कुराको भ्रममा नपरि यथार्थमा राजनितिक दलको विश्लेषण गरेर सुर्य चिन्हमा मत लगाउन उनले सबैलाई आग्रह गरेका छन् । माओवादी केन्द्र र एमालेको सयुक्त गठबन्धनबाट आगामी दिनमा स्थायी सरकार बन्ने भएकाले सरकारको नेतृत्व गर्ने पार्टीलाई छान्न उनले आव्हान गरेका छन् । स्थायी सरकार बने मात्र मुलुकको सम्मृद्धि सम्भव भएकाले एमाले सम्मृद्धिको बाटोमा उघि बढेको र त्यसको नेतृत्वको अवसर दिन धरानबासीलाई उनले अपलि गरेका छन् ।