ताप्लेजुङ/ संघिय लिम्बुवान मञ्च नेपालका केन्द्रिय अध्यक्ष कुमार लिङ्देन (मिराक) ले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन पछि आफुहरुले भन्दै आएको लिम्बुवानमा आफ्नै पाटिले सरकार चलाउने बताए ।

संघिय लिम्बुवान मञ्च नेपाल, चुनाव प्रचार प्रसार समिति ताप्लेजुङले आयोजना गरेको चुनावि आमसभालाई संबोधन गर्दै लिङ्देनले कांग्रेस एमालेका केन्द्रिय नेता जिल्लामा आए विकासको एजेण्डा बाँडे पनि त्यो संभव नभएको दावि गर्दै प्रदेश सरकारनै लिम्बुवानी जनाताले चलाउने र निति निर्णय आफै गर्ने भएकाले झुटो आस्वासन नबाँड्न ठुला दलका नेताहरुलाई आग्रह समेत गरे ।

कांग्रेस र एमाले नेता प्रति आक्रमक रुपमा प्रस्तुत भएका अध्यक्ष लिङ्देनले अहिले विभिन्न कुरा गर्दै हेलिकोप्टरमा विभिन्न जिल्ला दौडिए पनि निर्वाचन पछि आफुहरुको स्विकृतिमा मात्रै पुर्व आउन दिने चेतावनि समेत दिए ।

अहिलेको सुरक्षा तथा कर्मचारी प्रशासन गलत भएको दावि गर्दै पुस १ गतेबाट अहिलेका सबै जिल्लाका कर्मचारी लखेट्ने र नयाँ संरचनाको प्रशासन विकास गर्ने उद्धघोस समेत गरे ।

अहिलेका प्रमुख जिल्ला आफुहरुको मुख्य एजेण्डा स्थानिय स्थरमा जम्मा भएको राजस्व स्थानिय क्षेत्र र विकासका लागि सोहि ठाउँ लगानि गर्ने र भाषा संस्कृतिको विकास गर्ने भएकाले दाप सहितको खुकुरी चुनाव चिन्नहमा मतदान गरी मञ्चका उम्मेदवारलाई विजयी गराए मात्र प्रस्तावित लिम्बुवान क्षेत्रको विकास हुने दावि गरे ।

अन्य ठुला दलले पुरा हुनै नसक्ने सपना देखाएर नागरीकलाई भ्रममा पारेको बताउँदै उनले स्थानिय एजेण्डा बोकेको पाटिनै लिम्बुवान भएकाले दोधारमा नपर्न मतदातालाई आग्रह समेत गरे ।