धरान । सुनसरीका १२ वटा स्थानीय तहकालागि सरकारी अनुदान बापतको दोस्रो चौमासिक किस्ता निकासा भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालय सुनसरीले दिएको जानकारी अनुसार सुनसरीका १२ वटै स्थानीय तहका लागि दोस्रो चौमासिकको १ अरव ५० करोड ६० लाख ८५ हजार ३ सय ३३ रुपैंया निकासा भएको छ । सुनसरीका प्रमुम कोष तथा लेखा नियन्त्रक बद्रीप्रसाद घिमिरेले स्थानीय तहको बित्तिय समानिकरण तथा शशर्त अनुदान वापतको दोस्रो किस्ता निकासा भएको बताए । सुनसरीका सबै स्थानीय तहको कुल बार्षिक बजेट ४ अर्व ५१ करोड ८२ लाख ५६ हजार मध्ये प्रथम र दोस्रो चौमासिक गरी हालसम्म समानिकरण तथा शर्शत अनुदान वापतको ३ अर्व १ करोड  २१ लाख ७० हजार ६ सय ६६ रुपैंया निकाशा प्राप्त भएको प्रमुख कोष लेखा नियन्त्रक घिमिरेले जानकारी दिए । जसमा सबैभन्दा बढी निकासा पाउनेमा धरान उपमहानगरपालिका रहेको छ । जसले प्रथम र दोस्रो किस्ता गरी कुल वार्षिक बजेट ६२ करोड ६४ लाख ७ हजार रकम मध्ये ४१ करोड ३७ लाख ६४ हजार ६ सय ६६ रुपैया निकासा पाइसकेको छ । इटहरी उपमहानगरपालिकाले दोस्रो चौमासिक सम्ममा कुल वार्षिक बजेट ५९ करोड ६२ लाख ५६ हजार मध्ये दोस्रो चौमासिक सम्म ३९ करोड ७५ लाख ४ हजार रकम निकाशा पाएको छ । इनरुवा नगरपालिकाले ४१ करोड ४४ लाख १ हजार मध्ये २७ करोड ६२ लाख ६७ हजार ३ सय ३४ रुपैंया निकाशा पाएको छ । दुहवी नगरपालिकाले ३५ करोड ५३ हजार ६१ हजार मध्ये प्रथम र दोस्रो किस्तागरी २३ करोड ६९ लाख ७ हजार ३सय ३४ र बराह नगरपालिकाले ५१ करोड २१ लाख ७९ हजार मध्येबाट ३४ करोड १४ लाख ५२ हजार ६ सय ६६ रुपैंया निकाशा प्राप्त गरेको कोलेनीका प्रमुख घिमिरेले जानकारी दिए । गाउँपालिका तर्फ दोस्रो चौमासिक सम्ममा बर्जुले १६ करोड ३९ लाख ४४ हजार ६ सय ६६, भोक्राहाले १८ करोड ८५ लाख ४६ हजार ६ सय ६६ , कोशी गाउँपालिकाले २० करोड ८२ लाख ९५ हजार ३ सय ३४, देवानगंजले १७ करोड ६७ लाख ९ हजार ३ सय ३४ , गढीले १७ करोड ७० लाख २२ हजार र हरिनगरा गाउँपालिकाले दोस्रो चौमासिक सम्म आइपुग्दा २० करोड ८८ लाख ९८ हजार ६ सय ६६ रुपैया समानिकरण तथा शशर्त अनुदान बापतको किस्ता निकाशा पाएको छ ।