विराटनगर । विराटनगर– १० मा रहेको अर्किड कलेजमा अध्ययनरत एक विद्यार्थीले ‘तोप’ बनाइ परिक्षण गरेका छन् । कलेजमा कक्षा–११ म अध्ययन गर्ने विद्यार्थी मिथीलेश साहले कलेजमा विद्याथीसामु उनले बनाएको तोपको परिक्षण गरेका थिए । उनले घरमा प्mयालेका पुराना काठ र फलामकाने प्रयोग गरेर तोप बनाएका हुन् । फलाम र काठबाहेका तार र बारुद किन्नलाई २ सय रुपैंया खर्च भएको साहले बताए । ३० दिनको अथक मेहेनत र परिश्रमले तोप बनाएको उनले बताए । साहले भने, ‘मैले न्यूटनको चाल सम्बन्धित तस्रो नियम अनुसार तोप बनाएको हुँ ।’ यस्ता प्रतिभावान विद्यार्थीलाई सधै हौसला प्रदान गर्ने र कलेजले उचित पुरस्कारको व्यवस्था  गर्ने अर्किड कलेजका प्राचार्य दिपेश बास्तोलाले बताए ।