हेरात/ अफगानिस्तानमा नागरिक समाजका अगुवाका छोरीहरूले आँफूहरू मङगलबार बिहान सडकमा हिँडिरहेको अवस्थामा मोटरसाइकलमा आएका दुई अपरिचित व्यक्तिले एसिडको प्रयोग गरी आक्रमण गरेको बताएका छन् । हेरात शहरका प्रहरी प्रवक्ता सैयद अहमद मोहम्मदीले किशोरीलाई उद्धृत गर्दै भने, “सडकमा हिँडीरहेका किशोरीमाथि मोटरसाइकलमा आएका दुई अपरिचित किशोरले एसिडको प्रयोग गरी आक्रमण गरेका थिए ।” याक्ता र फरेस्ता नाम गरेका दुई बहिनीलाई आक्रमण भएको दावीपछि घटनाबारे प्रहरीले छानवीन शुरु गरेको प्रहरी प्रवक्ता मोहम्मदीले बताए । उनले भने, “आक्रमणमा एसिडनै प्रयोग भएको थियो वा अन्य कुनै पदार्थको प्रयोग भएको हो भन्नेबारे अहिल्लै भन्न हतार नगरौँ । छानवीनपछि सवै बाहिर आउनेछ ।”