मंसिर १० र २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरूको निर्वाचनका क्रममा विद्यालयहरूमा दुई चरणमा छुट्टी हुने भएको छ । शिक्षा मन्त्रालयले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा ७ देखि १० मंसिर र दोस्रो चरणमा हुन लागेका ४५ जिल्लामा १८ देखि २१ मंसिरसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रालयको निर्णयअनुसार विभागले निर्वाचनका समयमा दिएको सार्वजनिक बिदा हिउँदे वा वर्षे बिदाबाट उक्त अवधिको बिदा समायोजन गरी अध्ययन–अध्यापन गराउन अनुरोधसमेत गरेको छ ।