मोरङ/ लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट सादा पोशाकमा खटिएको प्रहरीको टोलीले मंगलबार साँझ लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ। लागूऔषध सहित सोलुखुम्बुको सोताङ ७ घर भई हाल बिराटनगर १५ बस्दै आईरहेका २६ बर्षिय बिजय कार्की र मोरङ बेलबारी नगरपालिका ६ बस्ने २१ बर्षिय मनोज खवासलाई पक्राउ गरेको ब्यूरोले जनाएको छ। साँझ ५ बजेको समयमा भारतको जोगवनीबाट बा ३४ प २६०९ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुलाई शंकालागी चेकजाँच गर्ने क्रममा मोटरसाईकलको सिटमुनी लुकाएर ल्याउँदै गरेको अबस्थामा लागूऔषध नाईट्राभेट–२२५ ट्याब्लेट फेलापारी बरामद गरेको हो। लागूऔषधसहित पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भईरहेको ब्युरो प्रहरीले जनाएको छ।