काठमाडौं/ जनवादी गायक तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार खुसीराम पाख्रिनको पार्थिव शरीरमा माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । चितवनस्थित माओवादीको पार्टी कार्यालयमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा पाख्रिनको पार्थिव शरीरमा प्रचण्ड र ओलीले हसिँया र हथौडा अंकित कम्युनिस्ट पार्टीको झण्डा ओढाए ।  जनवादी गायक पाख्रिनको मंगलवार चितवनमा निधन भएको थियो । आइतवार निधन भएका प्रचण्डपुत्र प्रकाश दाहालको श्रद्धाञ्जली सभामा गीत गाउँदा गाउँदै पाख्रिनको निधन भएको हो ।

एमाले र माओवादीले संयुक्त रुपमा निकालेको शोक वक्तव्यमा पाख्रिनको निधनले माओवादी केन्द्र, नेपालको कम्युनिष्ट आन्दोलन र प्रगतिवादी साहित्य एवं सांस्कृतिक आन्दोलनमा अपुरणीय क्षति पुगेको उल्लेख छ । पाख्रिनको बुधबार देवघाटमा अन्त्येष्टि गरिने माओवादी माओवादी चितवनले जनाएको छ ।

लाेकान्तर