धरान/बाढीले धानबालीमा प्रतिकुल असर पु¥याए पनि यसपटक सुनसरीमा धान उत्पादन ७ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । सुनसरीमा यसपटक ५५ हजार हेक्टरमा धानबाली लगाइएको थियो । बाढीले सुनसरीमा कुल १० हजार ५६ हेक्टर क्षेत्रफलमा लगाइएको बालीनाली (यसमा धान, केरा, माछा, तरकारी र उखु पर्छन) मा क्षति पु¥याएको थियो । जसको क्षति ६९ करोड १८ लाख ७५ हजार रुपैया बराबर भएको जिल्ला कृषि कार्यालयले जनाएको छ । बाढीले क्षति पु¥याए पनि यसपटक १२ हजार ७४० मेट्रिक टन अर्थात् ७ प्रतिशत बढ्ने अनुमान जिल्ला कृषि कार्यालयले गरेको हो । आर्थिक वर्ष २०७३/०७४ मा ५२ हजार हेक्टरमा लगाइएको थियो । जसमा एकलाख ८२ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । चालु आर्थिक वर्षमा सुनसरीमा एकलाख ९४ हजार ७४० मेट्रिक टन धान फल्ने अनुमान गरिएको कृषि कार्यालय योजना शाखाका प्रमुख तुलसी चौधरीले बताए ।
बाढीले सुनसरीमा कुल १० हजार ५६ हेक्टर क्षेत्रफलमा लगाइएको बालीनाली (यसमा धान, केरा, माछा, तरकारी र उखु पर्छन) मा क्षति पु¥याएको थियो । जसको क्षति ६९ करोड १८ लाख ७५ हजार रुपैया बराबर भएको जिल्ला कृषि कार्यालयले जनाएको छ । बाढीले क्षति पु¥याए पनि यसपटक १२ हजार ७४० मेट्रिक टन अर्थात् ७ प्रतिशत बढ्ने अनुमान जिल्ला कृषि कार्यालयले गरेको हो । 
तीनवर्षको उत्पादनको अवस्था हेर्ने हो भने सुनसरीमा धान उत्पादनको अवस्था राम्रो रहेको कृषि कार्यालयको दाबी छ । आर्थिक वर्ष २०७२/०७३ मा एकलाख ८७ हजार २५० मेट्रिक टन धान उत्पादन भएको थियो । जुन ५५ हजार हेक्टर क्षेत्रफलमा धानबाली लगाइएको थियो । सुनसरीमा ८ सय कृषकहरुले बाढीले बाली नष्ट भएको भन्दै जिल्ला कृषि कार्यालयमा निवेदन दिएका थिए । बाढी र धान खेत प्लटिङले चक्ला भए पनि उत्पादन राम्रो भएको कृषि कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत राजकान्त झाले बताए । ‘फेबरेवुल मौसम यसको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । किरा लागेको छ । तर, क्षति चाही पु¥याएको छैन ।’ अधिकृत झा भन्छन्, ‘बाढीले डुवाउन त डुबायो, तर त्यही बेला भर्खर किशानहरुले रोपाई सकेका थिएँ । बाढीले त्यति नोक्सानी पु¥याएन ।’ अधिकृत झाका अनुसार प्लटिङका कारण धान लगाउने क्षेत्रफल हरेक वर्ष घटिरहेको छ । ‘२५ देखि ३० हेक्टर प्लटिङ हुने गरेको छ ।’ झा भन्छन् । सुनसरी जिल्लामा प्रतिहेक्टर सरदर ३ दशमलव ०३ मेट्रिक टन धान उत्पादन हुने गरेको छ । बाली संरक्षण शाखाका अनुसार वार्षिक रुपमा बालीनालीमा रोगकिरालगायतको प्रकोपले २० देखि ३५ प्रतिशतसम्म क्षति पुगिरहेको छ । तर, पनि धान उत्पादन भने बढिरहेको छ । [caption id="attachment_60574" align="alignnone" width="1024"] क्याप्सनः धरान–४ स्थित गैरीगाउँमा फलेको धान । तस्बिरः ब्लाष्ट/भोजराज[/caption]