लण्डन/ मगनी (इङ्गेजमेण्ट) गरेको केही दिनपछि मात्रै बेलायतका राजकुमार ह्यारी र उनकी अमेरिकी महिला साथी मेघान मर्केलले शुक्रबार पहिलो औपचारिक शाही भ्रमण गरेकाे छ  । [caption id="attachment_62766" align="aligncenter" width="2000"] राजकुमार ह्यारी र मेघान मर्केल[/caption] उनीहरुले रमाइलो स्वागत भोजसहित शुक्रबार बेलायती शहर नोटिङघमको भ्रमण गर्नुभएको समाचारमा जनाइएको छ । महारानी एलिजावेथका नाती ह्यारीले अमेरिकी नायिकासमेत रहेकी मर्केलसँग केही महिना अगाडी देखि प्रेम सम्वन्ध गाँसेकाे थियाे । राजकुमार ह्यारीको जोडीले नोटिङघममा विश्व एड्स दिवसको अवसर पारेर आयोजना गरिएको मेलाको पनि अवलोकन गरेका थिए । उनीहरुले एचआईभी एड्स विरुद्धका अभियानमा लागिरहेका अभियन्ताहरूलाई पनि भेटेर हौसला प्रदान गरेकाे थियो । उनका समर्थकहरूले बेलाबेलामा ह्यारी र मेघानको सम्मानमा नाम लिएर नारा लगाएका थिए । राजकुमार ह्यारी र अमेरिकी नायिका मेघानले अर्को बर्ष विबाह गर्ने तयारी भएकाे छ ।