सोमवार भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र अभिनेत्री अनुष्का शर्माले इटालीको फ्लेरेन्स सहरमा विवाह गरेका छन् । लामो समयदेखिको प्रेम सम्बन्धलाई यी दुईले अन्ततः विवाहमा परिणत गरेका हुन् । यतिबेला विराट र अनुष्काको विवाहका तश्वीर सामाजिक सञ्जालमा खुब भाइरल भएका छन् । तश्वीरमा प्रष्ट देख्न सकिन्छ कि अनुष्का, विराटलाई सजिलैसँग माला लगाउन सकिरहेकी छैनन् ।

अनुष्काले गोल्डन कलरको लेहेंगा लगाएकी छिन् भने विराट गोल्डन शेरवानीमा देखिएका छन् । यी दुईको रिसेप्सन पार्टी २१ डिसेम्बरमा दिल्लीमा हुनेछ । यो जोडीको विवाहको खबर कन्फर्म भएपछि प्रश्न यो उठेको छ कि आखिर विराट र अनुष्काले ११ डिसेम्बर नै किन रोजे ? यसको खास कारण छ ।

सुत्रका अनुसार, ११ डिसेम्बर सकिएपछि मलमास सुरु हुनेछ । हिन्दू परम्परा अनुसार मलमासमा शुभ काम गर्नु हुन्न । अनुष्काका पारिवारिक गुरु पनि अहिले इटलीमा नै छन् । विराट-अनुष्का आफ्नो परिवारसँग इटलीको टसक्नीको लग्जरी रिजार्टमा छन् । यो रिजार्ट यस्तो ठाउँमा छ, जुन दुनियाँको दोस्रो सबैभन्दा महंगो टूरिस्ट डेस्ट‍िनेशनको रुपमा चिनिन्छ ।

आफ्नो विवाहको आधिकारिक पुष्टि गर्दै अनुष्का र विराटले ट्विटरमा लेखेका छन्, ‘आज हामीले एकअर्कासँग सधै साथमा रहने कसम खायौं । यो खबरलाई तपाईहरु माझ शेयर गर्न पाउँदा मलाई निकै खुसी लागेको छ । तपाईहरुको मायाले हाम्रो यो यात्रालाई अझ खास बनाइदिएको छ ।’ विवाहको लागि भनेर विराटले धेरै महिना अगाडि बीसीसीआईसँग डिसेम्बरका लागि विदा मागेका थिए ।