क्रिकेटर विराट कोहली र नायिका अनुष्का शर्माको विवाह सम्पन्न भएको छ । बलिउड मिडियाका लागि अहिले अनुष्का र विराटको बिहेको खबर हटकेक नै बनेको छ ।

विराट र अनुष्काले बिहेको गरेको खबरपछि, अब मिडियामा अनुष्काले लगाएको रिङको चर्चा सुरु भएको छ । विराटले अनुष्कालाई जीवनसाथी चयन गर्दै गर्दा लगाइदिएको रिङको बारेमा जानेर तपाई पनि अचम्मित पर्नुहुनेछ ।

विराटले अनुष्काका लागि १ करोड मुल्यको रिङ लगाइदिएका छन् । तर, यो रिङ मुल्यका कारण मात्र विशेष छैन । यो रिङ बनाउनका लागि विराटले ३ महिना लगाएका थिए । उनी, आफ्नो जीवनसंगिनीलाई विशेष किसिमको रिङ लगाइदिन चाहन्थे । यसैले, अष्ट्रियाका डिजाइनरले तयार पारेको रिङमा निकै दुर्लभ हिरा जडान गरिएको छ ।

यो हिरा हरेक पटक हेर्दा फरक फरक खालको प्रतिबिम्ब देखिने भारतीय मिडियाले उल्लेख गरेका छन् । अनुष्का र विराटले इटालीमा बिहे गरेका हुन् । उनीहरु केहि बर्षदेखि प्रेम सम्बन्धमा थिए ।

एजेन्सी