मोरङमा काँग्रेसको साख जोगाउन सफल भएका नेता हुन डा. मिनेन्द्र रिजाल । मोरङको ६ निर्वाचन क्षेत्र मध्धे ५ मा वामगठबन्धनका उम्मेदवार विजयी भए भने २ नम्बर क्षेत्रमा रिजालले ३५ हजार ८ सय १९ मत ल्याएर विजयी भए र काँग्रेसको साख जोगाउन सफल भए । उनका प्रतिस्पर्धी एमाले मोरङ सचिब ऋषिकेश पोखरेललाई १ हजार ८ सय ५ मतले काँग्रेसका रिजालले पराजित गरे । निर्वाचित भएपछि रिजालसँग विराटनगरबाट ब्लाष्टले गरेकाे कुराकानी :

[caption id="attachment_64466" align="aligncenter" width="968"] डा. मिनेन्द्र रिजाल[/caption]

मोरङमा काँग्रेसको गढको रुपमा हेरियो क्षेत्र हो । हालै प्रतिनिधि सभाको मत गणना सकिदा तपाईले मात्र मोरङमा काँग्रेसको साख जोउन सफल हुनुभएको छ । यो जीतलाई कसरी हेर्नुभएको छ ?

– यो नयाँ कुरा भएन । २०६४ सालको निर्वाचनमा हामीले ९ वटा क्षेत्रमा मोरङमा एउटा मात्र क्षेत्र जितेको हो । अहिले पनि यो नयाँ कुरा त भएन् । त्यसबेलामा पनि हामीले संविधानसभामा प्रभावकारी भूमिका खेलेका थिइम । संविधान बनाउने क्रममा र शान्ति प्रक्रियालाई अगाडी बढाउन काँग्रेसले ठूलो भूमिका खेलेको हो । शान्ति प्रक्रियामा भर्खरै मात्र प्रवेश गरेको माओवादी केन्द्र पार्टीले निकै ठूलो संख्यामा जितेर गएको थियो । त्यस बेलामा पनि काँग्रेसबाट निर्वाचित भएर भएका संसदले सांसदमा रचनात्मक भूमिका निभार्ह गर्यो । नेपालको राजनितिलाई ७३ वर्षदेखि डोरयाएको पार्टी हो काँग्रेस । अब संविधानलाई कार्यान्वयन गर्ने काममा सफल भुमिका खेलेर अगाडी बढ्ने छौँ ।

काँग्रेसको भन्दा वामगठबन्धनको बढी मत भएको निर्वाचन क्षेत्र हो मोरङ २ । यस क्षेत्रका मतदाताले तपाईलाई नै किन रोजे जस्तो लाग्छ ?

– यस क्षेत्रको विकास नेपाली काँग्रेस र मिनेन्द्र रिजालले केही गर्न सक्छन् भन्ने विश्वास जनतामा जागृत भयो । यो मान्छेलाई जिताएर पठायौ भने यस क्षेत्रको लागि केही गर्न सक्छ भन्ने जनतामा विश्वास पलायो । सबैले भोट दिए अनि मलाई जिताए । हिजोको दिनमा भन्दा आज जिम्मेवार बढी भएको छ । धेरै काम गर्नुछ । नगरदेखी केन्द्रसम्मका सरकारसँग मिलेर यस क्षेत्रको विकासको लागि काम गर्नेछु ।

निर्वाचित संसदको हैसियतले आफ्नो निर्वाच क्षेत्रमा कस्ता–कस्ता विकासको योजनाहरु ल्याउनुहुन्छ ?

– विकास थुप्रै काम गर्नुपर्ने छ । यस क्षेत्रमा धैरे दुः ख छ । पहिलो प्राथामिकता भनेको नदी नियन्त्रण हो । ६/७ वटा खोलाहरु यस क्षेत्रमा रहेको छ । नियन्त्रण गर्न थुप्रै पैसा खर्च हुन्छ । नदि नियन्त्रणलाई पहिलो प्रथामिकतामा राखेको छु । त्यस्तै उत्तर–दक्षिण राजमार्ग र पूर्व–पश्चिम राजमार्गलाई जोडनुपर्ने छ । क्षेत्रिय मार्गहरु निमार्ण गर्नुपर्ने छ । आदीबासी जनजातिको सघन उपस्थीति भएको क्षेत्र हो २ नम्बर । उनीहरुको सँस्कृतिको जगेर्ना र सामाजिक उत्थानको लागि काम गर्नुपर्नेछ । सुकुम्बासी समस्या थुप्रै छ । गएको असारमा आएको बाढीको कारण थुप्रै मानिसहरु घरविहीन भएका छन् । उनीहरुलाई पुनःस्थापना गर्नुपर्ने छ । मलाई एउटा सुविधा प्राप्त भएको छ । मेरो निर्वाचन क्षेत्र रहेको दुई वटा नगरपालिकामा काँग्रेसको नेतृत्वमा स्थानिय सरकार बनेको छ । स्थानिय सरकारसँग मिलेर काम गर्नेछु । स्थानिय स्तरमा भएको सरकारसँग मिलेर काम गर्दा यस क्षेत्रको विकास प्रभावकारी हुनेछ ।