कायरो/इजिप्टको अदालतले एक पप गायिकालाई दुई वर्षको जेल सजाय सुनाएको छ । यी गायिका एक म्युजिक भिडियोमा भित्रीवस्त्र मात्र लगाएर केरा खाइरहेको देखिएकी थिइन् ।

[caption id="attachment_64507" align="aligncenter" width="750"] शायमा अहमद[/caption]

२५ वर्षीया शायमा अहमदलाई अघिल्लो महिना पक्राउ गरिएको थियो । उनीमाथि आरोप थियो कि उनको म्यूजिक भिडियो अश्लील र उत्तेजना भड्काउने खालको छ ।

स्थानीय मिडियाका अनुसार मंगलबार सायमालाई अश्लील भिडियो बनाएको आरोपमा दोषी पाइयो । अदालतले यस भिडियोका निर्देशकलाई पनि दुई वर्षको जेल सजाय तोकेको छ ।

यद्यपि, गिरफ्तारी अघि नै सायमाले यस विषयमा माफी मागी सकेकी थिइन् । उनले आफ्नो फेसबुक पेज (यो अहिले डिलिट भइसकेको छ) मा लेखेकी थिइन्, ‘मैले कहिले पनि सोचिन कि यस्तो हुनेछ र मैले मानिसहरुको यस्तो हमलाको सामना गर्नुपर्नेछ ।’

शायमा अहमद आफ्नो म्युजिक भिडियोमा उत्तेजक तरिकाले फल खाइरहेको देखाइएको थियो । भिडियोमा उनले वयस्क छात्रहरुले भरिएको एउटा कक्षामा पढाउँदै गरिएको खेलाइएको थियो ।

इजिप्टको जनता र सरकारलाई शायमाको फल खाने तरिका अश्लील र समाजको लागि हानिकारक लाग्यो । त्यसपछि उनलाई पक्राउ गरियो ।

यसको साथै उनलाई कतै पनि प्रस्तुति दिन रोक लगाइएको थियो ।