काठमाडाैं । तपाइले फिल्मको घोषणा, गीत रिलिज वा ट्रेलर रिलिज कार्यक्रममा बडिगार्डसहित कलाकार प्रवेश गरेको त देख्नु भएको थियो नै । तर, बिहिबार आयोजना भएको फिल्म ‘रोमियो एन्ड मुना’को ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेता विनय श्रेष्ठको प्रवेश भने अर्कै तरिकाले भयो

फिल्ममा समावेश ‘स्यान्डविच’ बोलको गीत सार्वजनिक कार्यक्रममा विनय  विकिनीमा  सजिएका २ यूवतीसँग नाच्दै प्रवेश गरे । विनयको यो स्टाइल देखेर धेरैले अचम्मति माने भने कतिपयले त जिव्रो नै टोके । विनय भने निर्धक्क गीतमा नृत्य गरे र आफू थाकेको भन्दै प्रतिक्रिया दिए । अमेरिकामामा छायांकन गरिएको यो रोमान्टिक लभ स्टोरी फिल्मको गीतमा विनय अमेरिकिन विकिनी मोडलसँग देखिएका छन् । तर, लाइफ नै उनी विकिनी गर्लहरुसँग देखिदा धेरैले यसलाई सस्तो प्रचार पनि भनेका छन् । नरेश कुमार केसीको निर्देशनमा बनेको फिल्म ‘रोमियो एन्ड मुना’ फागूण ११ गतेबाट रिलिज हुँदैछ । फिल्ममा विनय श्रेष्ठ, श्रृष्टी श्रृष्ठ, सुरक्षा पन्त, सुष्मा कार्की लगायतले अभिनय गरेका छन् ।