गत बर्ष सर्वाधिक रुचाइएको गीत  ‘साइँली’ नाममा फिल्म निर्माण हुने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच बिहिबार फिल्मको औपचारिक निर्माण घोषणा गरियो ।फिल्ममा लिड अभिनयमा गौरव पहारी र मेनुका प्रधान रहनेछन् ।

यो जोडी नै ‘साइँली’ गीतमा फिचरिङमा थियो ।माघ अन्तिम साताबाट फ्लोरमा जाने फिल्मलाई पुर्वी नेपालको धनकुटा जिल्लामा छायाँकन गरिने बताइएको छ । हेमन्त र र गौरवको मुख्य लगानी रहनेछ । यो फिल्मलाई ‘कबड्डी’, ‘कबड्डी कबड्डी’, ‘पुरानो डुंगा’ फिल्मका निर्देशक रामबाबु गुरुङले निर्देशन गर्दैछन् ।

साइँली’मा अजय पोखरेल, विशाल गुरुङ, मोहन थापा निर्मातामा छन् । गीतको ‘थिम’कै पेरिफेरीमा रहेर फिल्म बन्ने निर्देशक गुरुङले बताए । अभिनेता गौरवले गीत हिट पछि फिल्ममा राम्रो काम गरेर देखाउनुपर्ने चुनौती आफ्नो सामु आएको भन्दै दर्शकको मन जित्ने काम गरिछाड्ने दाबी गरे । फिल्मले बैदेशिक रोजगारीको कथा बोल्नेछ ।