धरान/विश्व चिया दिवसको अवसरमा धरानबाट उत्पादित सिस्नुको चियाको प्रवद्र्धन गरिएको छ । विश्व चिया दिवश हरेक  डिसेम्बर १५ मा पर्छ । [caption id="attachment_64812" align="alignnone" width="742"] सिस्नुकाे चिया प्रवर्दनका क्रममा प्रतिनिधि सभा सदस्यमा निर्वाचित जयकुमार रार्इ मन्तव्य दिँदै । तस्बिरः भाेजराज श्रेष्ठ[/caption] नेटल धरान नेपालले पहिलो पटक जैविक सिस्नुको चिया उत्पादन थालेको हो । यो उत्पादनको पहिलो पटक प्रतिनिधि सभा सदस्यमा सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद जयकुमार राई र प्रदेश सभा सदस्य प्रदीप भण्डारीले प्रवद्र्धन गरे । ३० र ७० ग्राम प्याकेटमा उत्पादित चिया धरानबाट पहिलो पटक उत्पादन गरिएको दाबी उत्पादक कम्पनी नेटल धरानले जनाएको छ । नेटलको उत्पादनलाई स्वदेशमा मात्रै हैन, विदेशमासमेत निर्यात गर्ने वातावरण सिर्जना गर्न आफूहरु लाग्ने निर्वाचित प्रतिनिधिहरुले बताए । यस क्रममा निर्वाचित प्रतिनिधिसहित अतिथिहरुलाई चियाको स्वादसमेत चखाइएको थियो । स्थानीय स्रोत साधनलाई नै प्रयोग गरेर चिया उत्पादन गरिएको नेटलका नरेश राईले बताए । राईले यो चिया उच्चरक्तचाप, मधुमेहलगायतका विरामीहरुको लागि पनि उपयुक्त रहने दाबी गरे । उनले वृहत अध्ययन अनुसन्धान गरेर उत्पादन सुरु गरिएको उनले बताए । विभिन्न वनस्पति मध्ये मानवको लागि निक्कै पोसिलो वनस्पतीको रुपमा रहेको अध्ययनका क्रममा फेला परेको उनले बताए । [caption id="attachment_64813" align="alignnone" width="789"] सिस्नुकाे चिया बारे जानकारी दिदै नेटलका नरेश रार्इ । तस्बिरः भाेजराज[/caption] यसक्रममा नेटलका अध्यक्ष डम्बर गुरुङले निर्वाचित प्रतिनिधि तथा प्रदेश सभाका सदस्य राई र भण्डारीलाई स्वागत सम्मानसमेत गरेका थिए ।