इटहरी । यौनिक तथा लैगिंक अल्पसंख्यकलाई समुदाय र कानुनले विभेध गरेकै कारण समाजमा स्थापित हुन नसकेको उनीहरुले गुनासो गरेका छन् ।  तेस्रो लिङ्गी र समलिगींहरुको समस्या समाधान गरी समाजमा स्थापित गराउने वातावरण बनाउन उनीहरुले सरकारसँग माग गरेका छन् । शुक्रबार सहारा समाजले इटहरीमा पत्रकार सम्मेलन गरी नागरिकता प्राप्तिदेखि सरकारी पहुँचमा पनि आफूहरुलाई वेवास्ता गर्ने गरेको र समाजले हेर्ने दृष्टीकोण पनि सकारात्मक हुन नसकेको बताए । मानव अधिकार कर्मी  सुमन तामाङले सेवा प्रदायक संस्थामा पनि आफूहरुलाई फरक दृष्टीले हेर्ने गरेको भन्दै सरकार र समुदायले यो समस्या हटाउन अभियान चलाउनु पर्ने बताए ।

‘समान अधिकार र समान सहभागिताको लागि हामीले धेरै समयदेखि आवज उठायौै’ अधिकार कर्मी तथा सहारा नेपालका कार्यक्रम संयोजक तामाङले भने ‘तर, अहिले सम्म नागरिकता समेत पाउन मुस्किल परिरहेको छ ।’ पूर्वमा ३० हजार भन्दा बढी रहेको पनि सो अवसरमा जानकारी दिइयो । सर्वोच्च अदालतले समलिंगी र तेस्रो लिंगीलाई सामान्य मानिस सरह हक अधिकार, नागरिकता दिन तथा विभेद हुने कानुन खारेज गरी समलिंगी विवाहको लागि समिति बनाउन आदेश दिए पनि पूर्ण कार्यान्वयन नभएको उनीहरुले गुनासो गरे । जसको कारण आफूहरु समुदाय पीडा र अवहेँलनामा परेको उनीहरुले बताए ।

समलिंगी विवाहलाई कानुनी मान्यता दिन सरकार र राजनीतिक दलले पनि तदारुकता नदेखाएको उनीहरुले राजनीतिमा पनि  समलिंगी र तेस्रोलिंगीले कुनै अवसर नपाएको बताए । स्वास्थ्य उपचारमा जाँदा समेत आफूहरुलाई अवहेलना गर्ने गरेको भन्दै कायृक्रममा उनीहरुले त्यसको लागि समाजमा सरकारले चेतना फैलाउनु पर्नेमा जोड दिए ।