मोरङ / विराटनगर जुटमिललाई आर्थिक समस्या भएको छ । आर्थिक अभावले जुट उत्पादनमा असर परेको जुटमिलका निर्देशक राजेन्द्र कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार जुटमिल पुर्णरुपमा संञ्चालन गर्न करिब १० करोड रुपैयाको आवश्यकता पर्ने छ । आर्थिक अभावमा मिलका पुराना  मेशिन मर्मतगर्ने समेत समस्या भएको छ । निर्देशक कार्कीले भने, आर्थिक अभावले मिल्सलाई पुर्ण क्षेमतामा संञ्चालन गर्न सकिएको छैन ।

मिल पुर्ण क्षमतामा संञ्चालन गर्दा करिब दुई हजार पाँचयले प्रत्यक्ष रोजगारी पाउछन र दैनिक ४० टन तयारी जुट भारत निकासी गर्न सकिन्छ । जुटमिल प्रशासनका अनुसार तयारी जुट उत्पादन हुनु अगाबै मागहरु निक्कै आईरहेका छन ।

सो मिल्स संञ्चालनमा आएको करिब १५ दिन भयो । सो मील पुर्ण क्षामतामा संञ्चालन हुँदा दैनिक ४० टन जुट उत्पादन गर्न सकिने कार्कीको भनाई छ ।

मिल्ले तयारी जुटको उत्पादन भरखर शुरु गरेको हो । यतिखेर दैनिक करिब एक सय जना मजदुर कार्यरत छन । आर्थिक अभावमा कच्चा पदार्थ आयात र काम गर्ने मजदुरलाई ज्याला समेत भुक्तानी गर्न समस्या भएको निर्देशक कार्कीको भनाई छ ।