धरान/धरानमा शुक्रबार दिउसो एक महिलालाई सुनको टिल देखाएर नाटकीय शैलीमा अपरिचित दुई युवाबाट ठगी गरेको पीडित महिलाले बताएकी छन् । भोजपुर साल्पासिलिछोङ गाउँपालीका ५ की मैना राईले आफू दुई युवाबाट ठगिएको शनिबारको पत्रकार सम्मेलनमा बताएकी हुन् । उनले आफूसँग रहेको साढे २ तोलाको सुनको सिक्री, नगद २२ हजार रुपैया ठगी गरेर फरार भएको बताएकी छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराईरहेकी आफ्नी बहिनीलाई भेट्न आएकी उनी नानीको लागि कपडा किन्न जाने क्रममा युवाहरुबाट ठगिएको बताएकी हुन् । कपडा किन्न जाने क्रममा बाटोमा भेटिएका गुरुङ थरका युवाले धरान–१८ बुद्धचोकमा राम्रो कपडा पाउँछ भन्दै पु¥याएको त्यहाँ अर्का युवाले काठमाडौंबाट आएकाले अभर परेको बताउँदै सुनको टिल देखाएर आफ्नो सुन र पैसा लगेको बताएकी छन् । बाटोमा भेटिएका युवाले किनौं भन्दै दुईजनाले किनेको तर, केही क्षणपछि ती युवा र बिक्री गर्ने युवासमेत फरार भएको उनले बताइन् । उक्त सुनको टिल श्रीमान प्रजापतिलाई देखाएपछि मात्रै उनी ठगिएको थाहा पाएकी थिइन् । उनले ती दुई अपरिचित युवाविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएकी छन् । बुद्धचोक क्षेत्रको सिसीटिभी फुटेज पनि प्रहरीलाई उपलब्ध गराइएको छ ।